म्याग्दीको अन्नपुर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा अवैध रूपमा लागू पदार्थ (चरेश) को कारोवार गर्ने दुई जनालाइ प्रहरीले २०७६ फागुन १३ गते गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ध्रुवप्रसाद शर्माका अनुसार १४२ ग्राम लागू पदार्थ (चरेश) सहित अन्नपुर्ण गाउँपालिका २ भुरुङ तातोपानी बस्ने बाबा पुल हाउसका संचालक वर्ष ४४ का हेमू ज्वारचन र ट्रेकर किराना पसल संचालन गरि बस्ने वर्ष ३७ का अशोक कुमार घर्तिलाई प्रहरीले गिरफ्तार गरेको हो ।
प्रहरीले ४४ ग्राम हेमु ज्वारचन र ९८ ग्राम चरेश अशोक कुमार घर्तिबाट बरामद गरेको जनाएको छ ।
लागू औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद २ को दफा ४(क) बमोजिमको भएकोले परिच्छेद ३ को दफा ११ बमोजिम मुद्धाचलाइने प्रहरीले जनाएको छ ।