इरुप्से ड्ट्कम
प्रवासी नेपाली एकता मञ्च ओमनको औपचारिक बैठक मिति १४/०२/२०२० शुक्रबारको दिन घाला गार्डेनमा कार्यदल सदस्य क. सोमकृष्ण श्रेष्ठको अध्यक्षता र प्रमुख सल्लाकार डिबि क्षेत्रि,सल्लाकार दोलाकान्त भट्टराई को अतित्थ्यमा कार्यदल सदस्य क. उमेस बिक, क. पदम प्रसाद अर्याल , क. महेस न्यौपाने लगायत सदस्यहरुको बाक्लो उपस्थिति मा सम्मपन्न भएको छ। बैठकले भर्खरै पुर्णता पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रवास समन्वय कमिटी ओमानले मार्च १३ तारिकमा घोषण सभा गर्ने जानकारी दिए ।
आगामि महिना मार्च १३ तारिक शुक्रबारको दिन होटल अजैबा अपार्टमेन्टमा घोषण सभा गर्ने निर्णय गरेको छ। सल्लाहकार सदस्य तोलाकान्त भट्टराईको संयोजकत्वमा प्रवासी नेपाली एकता मञ्च ओमनका सम्पुर्ण सदस्यहरु घोषणा सभाका कार्यसमिति सदस्यरहने गरि निर्णय गरेको छ् ।
घोषणा सभामा प्रवासि नेपाली एकता मञ्च प्रवास समन्वय समिती ओमनका सम्पुर्ण सदस्यहरु ,सल्लाहकार सदस्यहरु र नेकपा प्रति आस्था राख्ने शुभ चिन्तकहरुमा उपस्थितिको लागि अनुरोध गरेको उमेश विश्वकर्माले जानकारी दिनु भयो ।