बुनु उप्रेती र टंक बुढाथोकीको स्वरमा रहेको गीत ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ। टंक बुढाथोकीको शब्द तथा सङ्गीत रहेको गीतको म्युजिक भिडियो हिमालपारीको जिल्ला मुस्ताङकाे हिउँमा छायाँङ्कन गरिएको छ । यो समाचार तयार पार्दा सम्म भिडियोको ३ लाख ७१ हजार भ्यू भएको छ । १२ दिनको अवधिमा झण्डै चारलाख भ्यू गएको कान्छा कान्छि गितको म्युजिक भिडियो टंक बुढाथोकी आफैँले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सुनिल क्षेत्री र बिनु राउतलाई फिचर गरिएको छ । मुस्ताङको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी, नवराज उप्रेतीको सिनेमेटोग्राफी र अमृतको सम्पादन रहेको छ ।