कलम , मात्र कलम होइन ,
यो त सृजना र स्र्स्टि पनि हो
तसर्थ यो इतिहास लेख्छ
बर्तमानको बिस्लेषण गर्छ
भविस्यको मार्ग चित्र कोर्छ ।
कलम ,
सबै देश- महादेश डुल्छ
न्याय -अन्याय सबै नियाल्छ
स्वाभिमान र स्वतन्त्रता लेख्छ
आवाज बिहिनहरुको आवाज बोल्छ
बेइमानीहरुको खबरदारी गर्छ ।
कलम ,
एउटा युग पनि हो
युगले जन्माउने परिवर्तन हो
यो कहिले सत्यगुग लेख्छ
कहिले द्वापर , त्रेता र कलियुग लेख्छ
युग -युग हरुको आवस्यकता कोर्छ ।
कलम ,
मात्र, एक्लो कलम होइन
यो त लाखौ -करोडौको प्रतिबिम्ब हो
तसर्थ एउटा कलम संग संगै
लाखौ करौडौ मुट्ठीहरु उठ्छन
लाखौ करोडौ मान्छेहरु जुट्छन ।
कलम ,
भौगोलिक सिमानामा सिमित हुदैन
कहिँ कतै रोकिदैन
कहिँ कतै छेकिदैन
सबै तर्फ उदाउछ
फैलदै जान्छ ,बड्दै जान्छ ।
कलम ,
सबै भाषाहरुमा लेख्छ
सबैको भावना बुझ्छ
दु:ख र बेदनाहरु सुन्छ
उत्पिडनहरुमा साथ् दिन्छ
हासो र खुसीहरू साट्छ ।
कलम ,
बस्ति -बस्तीको कथा लेख्छ
असहायहरुको ब्यथा देख्छ
सुशासनको वकालत गर्छ
हक र अधिकारको सुनिस्चित गर्छ
मानवताको मूल्य र मान्यता खोज्छ ।
कलम ,
कहिल्यै निदाउदैन
कहिल्यै थाक्दैन
संसारलाई बिउझाउछ
मानिसलाई जागरुक बनाउछ
कर्तब्य पथमा हिडाउछ ।
कलम ,
कहिले क्रान्तिको आव्ह्वान गर्छ
न्याय लेख्दै हिड्छ
तानाशाहीहरुको बिरुद्ध लड्छ
समानताको पक्षमा उभिन्छ
असमानताको बिरुद्ध उम्लन्छ
कलम,
बाल बालिकाहरुको भविस्य लेख्छ
युवाहरुमा उत्साह भर्छ
पौढहरुमा आशाको किरण बन्छ
नागरिकहरुको समुन्नतिमा हिड्छ
अखण्डताको रक्षामा जाग्छ ।
कलम…………….
बुढानिलकण्ठ -१० काठमाण्डौ