बागलुङ, २२ कात्तिक – स्थानिय निकाय गठनको विषयलाई नेपाली काँग्रेस राजकुतमा विवाद चुलिएको छ । सभापति तेजेन्द्र विक्रम कुँवरको अनुपस्थितीमा भएको गाउँ कार्यसमितिको बैठकले समन्वय विनै राजकुतलाई बुर्तिबाङमा राख्न लविङ गरेको भन्दै सभापतिबाट ३ माहिनाका लागि हटाउने निर्णय गरेको छ ।
सभापति कुँवरले भने देविस्थान केन्द्र नहुने अवस्थामा निसीखोलामा जाने र त्यसो नभए बुर्तिबाङतिरै जाने गरि भएका निर्णय अनुसार आफुले छलफल गर्ने गरेको बताएका छन् ।
गाउँ समितिको बैठकमा सहमागी जिल्ला सदस्य प्रकाश कुँवरले १५ सदस्यीय कार्यसमितिमा १४ जनाको उपस्थिती र ३३ सदस्यीय क्रियाशिलमा २९ जनाको उपस्थितीमा बैठक बसी सभापति कुँवरलाई हटाउने निर्णय भएको बताए ।
उपसभापति लालबहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले निसीखोला गाउँपालिका मै जाने निर्णय गर्दै सभापतिलाई हटाउने गरि भएको निर्णय क्षेत्रीय समिति र जिल्ला समितिमा पनि सिफारिस गर्ने निर्णय भएको जिल्ला सदस्य कुँवरले जानकारी दिए ।
उनले आइतबारको बैठकबाट राजकुतलाई निसीखोला गाउँपालिका मै राख्ने र पार्टिको माथिल्लो समितिमा निर्णय पठाई त्यसै अनुसार कार्यान्वयन गर्न पलह गर्ने गरिने बताए । त्यसका लागि अन्य पार्टिहरुसँग छलफल गरि जिल्लामा डेलिकेशन जाने निर्णय भएको छ ।
पार्टि सभापति सच्चिए कारवाहि फिर्ता गरिने कुवँरले बताए । गाउँ कार्यसमितिका क्रियाशिल सदस्य रामबहादुर गुरुङले आइतबार बैठक पनि नभएको र बैठक नै नभएपछि निर्णय कसरी हुन्छ ? भन्ने प्रश्न गरेका छन् ।
Previous Article२२ कात्तिक २०७३, ढोरपाटन दैनिक
Next Article इन्टरनेट विस्तार गर्न ५० लाख