ओमन मस्कट
नेपाली समाज ओमनले कार्यसमिति सदस्य तथा कलाकार मान ब. बिकलाई भब्य कार्यक्रम अायाेजना गरि बिदाई गरेको छ। गत डिसेम्बर २० तारिक सुक्रबारका दिन मस्कटकाे गाला पार्कमा सुरु भएको बिदाई कार्यक्रमको अध्यक्षता नेपाली समाज ओमनका अध्यक्ष दिल ब. राेकाले गर्नुभएको थियो ।संचालन सचिव भिम प्र काेईरालाकाे रहेको थियो । स्वागत मन्तव्य महिला सदस्य धनकुमारि चौधरीले गर्नु भयो । अतिथिहरुमा नेपाली समाजका भुपु अध्यक्ष दाेय गाेबिन्द गुरुङ र लिलानाथ काेईराला ,नेपाली महिला समूह ओमनकि अध्यक्ष मधु गुरुङ ,बिबेकशिल नेपाली दलका भुपु ओमन संयाेजक जीवन कार्की ,नेपाली समाजका बरिस्ठ सल्लाहकार ताेलाकान्त भट्टराई हुनुहुन्थ्यो । नेपाली समाजका अधिकांश पदाधिकारी सदस्य लगायत अन्य नेपालीहरुकाे बाक्लो उपस्थिति रहेको उक्त बिदाई कार्यक्रममा सबैले सदस्य मान ब. ले दिनुभएको याेगदानकाे चर्चा गर्नुका साथै यात्रा सफलताकाे शुभकामना दिनुभएको थियो । अन्तिममा खादा र मायाको चिनाेले सम्मान गरियो । अन्त्यमा अाफना संक्षिप्त भनाइ राख्दै सदस्य बिकले नेपाली समाजले गरेको सम्मानलाई अाफु जिबित रहेसम्म कहिल्यै नि नभुल्ने बताउनु भयो । वहाँकाे यात्रा सफलताको हार्दिक शुभकामना दिदै कार्यक्रमको सभा अध्यक्ष दिल बहादुर रोका कार्यक्रम बिशर्जन गर्नुभयो ।