म्याग्दीका क्रियाशिल पत्रकार साधन राम्जाली सम्मानित भएका छन् । मालिका गाउँपालिका–४, चिउरीबोट घरभई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुनमगर र बागबिर चोचाङ्गी पुन मगरद्वारा स्थापित बि एण्ड बि फाउण्डेशद्वारा उनी सम्मानित भएका हुन् ।
सिद्धार्थ माविको आयोजना तथा फाउण्डेशनको प्रायोजनमा सोमबार सम्पन्न सम्मान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमको अवसरमा राम्जालीलाई सम्मान गरिएको हो । उनलाई मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगर र फाउण्डेशनका संस्थापक सदस्य बागबिर चोचाङ्गी पुन मगरले १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेका थिए ।
पत्रकार राम्जाली म्याग्दी न्युज डटकम, आदर्श समाज राष्ट्रिय दैनिक, फेवा तथा नाईस टेलिभिजनलगायत सञ्चारमाध्यममा आबद्ध छन् । पत्रकारिताको माध्यमबाट ग्रामीण क्षेत्रदेखि देश विदेशसम्म सूचना तथा समाचार प्रवाह गरी योगदान पु¥याएको भन्दै पत्रकार राम्जालीलाई सम्मान गरिएको फाउण्डेशनले जनाएको छ ।
Previous Articleमहिलालाई उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम
Next Article लिटिल गार्डेनको वार्षिकोत्सव तथा अभिभावक दिवस