पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ । मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुर्सरफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।
लामो समयदेखि चलिरहेको देशद्रोहको मुद्दामा बेन्चले २–१ को हिसाबमा मृत्युदण्ड दिइएको हो । फैसलाको पूर्ण पाठ ४८ घण्टाभित्र जारी गरिनेछ ।