काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीले सञ्चालन गरेको धौलाश्री बहुउद्देश्यीय सहकारी संस्था लि. को शनिबार सम्पन्न १७ औं बार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः यामबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा तारा जोशी, सचिवमा पदमलाल सापकोटा, कोषाध्यक्षमा याम बहादुर गर्बुजा हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा महेश श्रेष्ठ, प्रेमदत्त उपाध्याय र खड्का थापा रहनुभएको छ ।
साधारणसभाको उद्घाटन गदै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीप्रति सरकारले नियमन भन्दा पनि सहज हुने गरी निति बनाइरहेको बताउनुभयो । उहाँले सहकारीमार्फत उत्पादनशिल क्षेत्रमा लगानीलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो ।
सहकारी अर्थतन्त्रको मुख्य आधार भएको भन्दै सरकारले सहकारीलाई महत्व दिएको बताउनुभयो ।उहाँले सहकारीको संख्या घटाउनका लागि एकीकरण अनिवार्य भएको बताउँदै एकीकरण गरेर मजबुद संस्था बनाउने तर्फ सरकारले प्रोत्साहन गर्ने बताउनुभयो ।
सोही अवसरमा प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापाले सहकारीमार्फत गरिबी निवारणको अभियानलाई पहिलो प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो । बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट निक्षेपकर्तातर्फ ज्ञानुमायाँ श्रेष्ठ, उत्कृष्ट कर्जाकारोबारी तर्फ लालबहादुर सुनार र ज्येष्ठ नागरिकतर्फ पूर्णदेबी भट्टचनलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा म्याग्दीमा जन्मिएर सागमा विभिन्न विधाबाट पदक जित्ने खेलाडी अन्तरगत भलिबलमा राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, खेलाडी कमला पुन, भारात्तोलनकी तारादेवी पुन र उसुतर्फ विन्दु पुनमगरलाई सम्मान गरिएको थियो ।
साधारणसभामा गोगंबु आवास क्षेत्र विकास समितिका अध्यक्ष महेशकुमार श्रेष्ठ, धौलागिरी सहकारी सेतो गुराँसकी अध्यक्ष दुर्गा कार्की, सल्लाहकार डा. कृष्ण जोशी, सल्लाहकार रमेश पराजुलीले मन्तब्य राखेका थिए । सहकारीको
शेयर पुँजी साढे दुई करोड, निक्षेप सङ्कलन २१ करोड र लगानी २१ करोड पु¥याएको छ ।