इरुप्से ड्ट्कम
दलित एकता संजाल ओमनले कार्यसमिति सदस्य राधिका विश्वकर्मालाई २९ नाेबेम्बर २०१९ शुक्रबारको दिन घाला पार्कमा बिदाई गरेको छ । बिगत २ वर्ष देखि संस्थामा आवद्ध रहेर संस्थालाई योगदान गर्दै आउनु भएको विश्वकर्मा ओमान बसाइँलाई बिट मार्दै नेपाल फर्कन लाग्नु भएको हो । संस्थाका अध्यक्ष सुरेश बराइली, मान बहादुर रसाइली, बिमला विश्वकर्मा, निरान्ज विश्वकर्मा,टेका राम विश्वकर्मा,पुर्ण बहादुर विश्वकर्मा, खेम सुनार, टुक रामदाम,सुमित्रा गुरुङ्ग, मोती गुरुङ्ग,लगायतको उपस्थितिमा खादा, मायाको चिनो दिएर बिदाई गरेको थियो ।
दलित एकता संजालका कोषाध्यक्ष मान बहादुर विश्वकर्माले संचालन गर्नुभएको अौपचारिक बिदाई कार्यक्रमको अध्यक्षता सुरेश बराइलीले गर्नु भएको थियो । सस्थाका सबै पदाधिकारी सदस्यहरुले सदस्य
राधिका विश्वकर्मालाई बिदाई शुभकामना दिदै यात्रा सफलताको शुभकामना दिनुभएको थियो ,अन्त्यमा उक्त बिदाई कार्यक्रमलाई समाप्त गर्दै, अध्यक्ष बराइलीले सदस्य राधिका विश्वकर्मालाई हाम्रो सस्थाले सधैंभरि याद गरिरहने बताउनुका साथै उनलाई मायाकाे चिनाे , खादाले सम्मान गर्दै शुभकामना दिनुभएको थियो ,अाफना बिदाईका हात हल्लाउँदै सदस्य राधिका विश्वकर्माले अाेमनमा अाफुले पाएकाे सम्मानलाई कहिल्यै नभुल्ने र सस्थामा अाबद भएपछि धेरै कुरा सिक्न सफल भएको बताउदै सम्मान गर्ने सस्थाका अध्यक्ष लगायत सबैलाई धन्यवाद दिनुभयो ।