बागलुङ, २१ कात्तिक – गलकोटको हटियामा भएको सर्वदलिय बैठकले गलकोटका १२ ओटा गाविसलाई समेटेर नगरपालिका बनाउन दबाव दिन कात्तिक २२ गते जिल्लामा डेलिकेशन जाने निर्णय गरेको छ । गलकोट स्तरका राजनैतिक दल र सरोकारवासहितको बैठकले गलकोटलाई पहिलेदेखि नै विभाजन गरेर पछाडि पारिएकोमा स्थानिय निकाय गठनमा पनि फेरी फुटाउने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । विगतमा निर्वाचन क्षेत्र निर्धारणदेखि नै फुटाएर राजगर्ने क्रम सुरु भएको र पछिल्लो पटक बन्न लागेको पुरै गलकोट समेटिएको बलियो नगरपालिका बने जिल्लामै नमुना बन्ने देखेर आँखा गाडिएको बैठकको निष्कर्ष छ । बैठकले रिघा र पाण्डवखानी सहित माथिल्लो गलकोटका तारा, हिल, अर्गल र अमरभुमिलाई गलकोट नगरपालिकामा राख्नुपर्ने उनीहरुको माग छ । पछिल्लो प्रस्तावमा माथिल्लो गलकोटको ताराखोला क्षेत्रका हिल, अर्गल, अमरभुमी र तारा गाविसलाई छुट्टै गाउँपालिकामा प्रस्ताव गरिएको छ । रिघा र पाण्डवखानीलाई खर्बाङ तिरको गाउँपालिकामा राखिएको छ । सल्यान र सुखौरालाई छुट्याएर बाटाकाचौर तिर प्रश्ताव गरिएको छ । गलकोटमा मात्र ६ ओटा गाविस हटिया, हरिचौर, मल्म, काँडेवास, नरेठाँटी र दुदिलाभाटीलाई एउटा गाउँपालिका प्रस्ताव गरिएको छ । जिल्ला प्रविधिक समितिको यस अघिको सिफारिस लाई नै निरन्तरता दिन दवाव दिने निर्णय भएको नेकपा एमाले गलकोट विशेष ईलाका समितिका अध्यक्ष बुलबहादुर केसीले बताउनुभयो । डेलिकेशनका लागि नेकपा माओवादी केन्द्रका नेता फमलाल निउरेको संयोजकत्वमा सर्वदलिय समिति गठन गरिएको छ । कार्तिक २२ गते जिल्लामा डेलिकेशन जाने निर्णय भएको हो । आ–आफ्नो पार्टि च्यानल मार्फत जिल्ला र केन्द्रिय नेतृत्वलाई पनि दवाव दिने निर्णय भएको डेलिकेशन समितिका संयोजक फमलाल निउरेले बताए । गलकोट साझा पहिचान सहितको ऐतिहाँसिक, प्राकृतिक, सांस्कृतिक लगायतका धेरै सम्भावनाले महत्वपुर्ण स्थान भएकाले यसलाई कुनैपनि सर्तमा छुट्याउन नहुने भन्दै त्यसो गरिएको जुनसुकै खालको संघर्ष गर्न तयार रहने नेताहरुले बताएका छन् । नेपाली काँग्रेसका यामबहादुर श्रीस, मञ्जु चालिसे, सुरेन्द्रबम मल्ल, योगेश भण्डारी तथा नेकपा एमालेका ओमबहादुर सुनार, रामबहादुर खत्री, मिनबहादुर खत्रीको उपस्थिती थियो । त्यस्तै नेकपा माओवादी केन्द्रका तिलक उप्रेती, गुमानसिंह बुढाथोकी, चन्द्रदत्त रेग्मी, जीवनन भण्डारी तथा राष्ट्रिय जनमोर्चाका बेदिलाल सापकोटा टंकबहादुर केसी, पदम श्रेष्ठ नेकपा क्रान्तिकारी माओवादीका बाबुराम नेपाली लगायतको उपस्थिती रहको थियो । गलकोटलाई छुट्याउने गरि जिल्ला प्राविधिक समितिले गाउँपालिका प्रस्ताव गरेपछि समग्र गलकोट एउटै हुनुपर्ने मत राख्नेहरुले सम्पुर्ण गलकोटको एउटै आवाज, समग्र गलकोट एउटै नगर भन्दै सामाजिक सञ्जल फेसवुकमा अभियान नै चलाएका छन् । फेसवुकमा यसअघि बागलुङ जिल्लालाई छुट्याउने गरि गरिएको राज्य पुनसंरचनाको निर्णयलाई खारेज गर्न माग गर्दै गलकोटले गरेका विभिन्न आन्दोलनको स्मरण गर्दै त्यतिवेलाका फोटो पोष्ट गरिएको छ । उनीहरुले गलकोट फुटाउने षड्यन्त्र गर्नलाई पहिचान गरि भण्डाफोर गर्ने चेतावनी दिएका छन् । समाजिक सञ्जाल मार्फत गलकोटको प्रगतिका लागि एउटै गलकोट बनाउन सवै जुट्न अह्वान गरिएको छ । गलकोटसँग सम्बन्धित संघ संस्थाले पनि सामुहिक रुपमा एउटै गलकोट बनाउन सामाजिक सञ्जालमा अभियान नै सञ्चालन गरेका छन् ।
भिमगिठे केन्द्र हुने गरी गाउँपालिकाको माग
बागलुङ/ जिल्लाको भिमगिठेका राजनीतिक दलले स्थानिय निकाय गठनका सम्बन्धमा फरक–फरक निर्णय हुने गरेको भन्दै आफ्नो गाविसलाई केन्द्र बनाई गाउँपालिका गठनको माग गरेका छन् । उनीहरुले जिल्ला प्राविधिक सहयोग समितिले दलहरुसँग छलफलमा राखेको प्रश्तावमा आफ्नो गाविसलाई बुर्तिबाङसँग समेट्ने गरि स्थानिय निकायमा लैजान गरेको सिफारिस प्रति कडा आपत्ति जनाएका छन् । यसअघि ग्वालीचौर केन्द्र हुँदा आफुहरु मान्न तयार भएपनि प्रत्येक पटक फरक–फरक कुरा आउने गरेको भन्दै अब आफ्नै गाविसमा केन्द्र रहने गरि गाउँपालिकामा जाने निर्णय गरेका हुन् । सर्वदलिय बैठकले रणसिंहकिटेनी, ग्वालीचौर, दर्लिङ र भिङगिठे गाविसको गाउँपालिका बनाउन पहल गर्ने निर्णय गर्दै त्यसका लागि जिल्ला प्राविधिक समिति र दलका नेतृत्व समक्ष डेलिकेशन जाने भएको छ । नाटकिय ढंगले नयाँ खाका आएको भन्दै नेकपा माओवादी केन्द्रका गाविस अध्यक्ष जीत थापाले दुर्गम गाविस रणसिंहकिटेनीलाई पनि सेवा लिन सजिलो हुने गरि गाउँपालिका बनाउने निर्णय गरेको बताए । यि चार गाविसको जनसंख्या १९ हजार ३ सय ४९ छ । गाउँपालिकाको लागि २२ हजार जनसंख्यामा १५ प्रतिशत तलमाथि गर्न सकिने भएकाले चार ओटा गाविसलाई जनसंख्याका आधारमा पनि गाउँपालिका बनाउन सकिने नेपाली काँग्रेस गाउँ कार्यसमितिका सभापति कृष्ण गुरुङले बताए । सभापति गुरुङले अहिले आफ्नो गाविसको सर्वदालिय बैठक गरि अरु तिन गाविसलाई पनि भिमगिठे केन्द्र हुने गरि गाउँपालिकामा आउन आग्रह गर्ने निर्णय भएको जानकारी दिए । नेकपा एमालेका प्रतिनिधि दिपक रायमाझीले निर्णय कार्यान्वयनको पहल गर्न अरु गाविससँग छलफल गर्ने र जिल्लाका राजनीतिक दल तथा प्रविधिक समितिमा डेलिकेशन जाने बताए । जिल्ला प्रविधिक समितिको अघिल्लो प्रस्तावमा भिङगिठे ग्वालीचौर केन्द्र हुने गाउँपालिकामा परेको थियो । शुक्रवार जिल्ला प्रविधिक समितिले भिङगिठे र दर्लिङलाई बुर्तिबाङ केन्द्र हुने गाउँपालिकामा राख्ने प्रश्ताव गरेको छ ।
Previous Articleस्थानीय तहको प्रतिवेदन बुझाउने म्याद भोलीसम्म
Next Article शिशुको शव फेला