काठमाडौं, २१ कात्तिक – स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले जिल्ला प्राविधिक समितिलाई स्थानीय तहको संख्या र सीमा निर्धारण गरेर प्रतिवेदन बुझाउने म्याद भोलिसम्म दिएको छ । नभए पुरानै प्रतिवेदनलाई मान्यता दिइनेछ ।
आयोगले हरेक जिल्लालाई कात्तिक २० गतेभित्र पुनसंरचना प्रतिवेदन बुझाइसक्न समय दिएको थियो । तर आजसम्म जम्मा २६ वटा जिल्लाले मात्र आयोगलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
आयोगले आइतबार विज्ञप्ती निकालेर प्रतिवेदन बुझाउन बाँकी जिल्लाका प्राविधिक समितिसँग भोलिसम्म प्रतिवेदन बुझाउन भनेको छ । साथै पुनर्संरचना प्रतिवेदन पेश गर्दा तोकिएको मापदण्ड र अधिकतम संख्या तथा सीमा र अधिकतम राजनीतिक दलहरुको सहमतिलाई समेत ख्याल गर्न निदर्ेेशन दिएको छ ।
आयोगले मापदण्ड नअपनाएको, तोकिएको संख्याभन्दा बढी संख्या प्रस्ताव भएको र अधिकतम राजनीतिक दलको सहमति नभएको प्रतिवेदन अस्वीकार गर्ने समेत चेतावनी दिएको छ ।