इरुप्से ड्ट्कम
नेपाली महिला समुह ओमनले विभिन्न समाजिक काम , बिरामी पीडित हरुलाई विगत देखिनै सहयोग गर्दै आएको छ । यस्तै सहयोग गर्ने क्रममा कर्णाली प्रदेश कालीकोट जिल्ला नरहरीनाथ गाँउपालीका लालु -९ वर्ष ४० का निमोनिया रोगी रत्न नाथ योगी (राकेश) लाई रु २०,०००।- आर्थिक सहयोग गरेको छ ।
विगत २ वर्ष देखि टिचिङ हस्पिटलमा उपचार गराइ रहेका राकेशको आफ्नो कुनै जग्गा जमिन न भएको हुँदा दैनिक मजदुरी गरि जीवन गुजारा गर्दै आएका रत्न आफू बिरामी परेर थला पर्दा ३ छोराछोरीहरु शिक्षा बाट बन्चित भएका छन, आर्थिक समस्याले गर्दा साना बालबालिकाको भविस्य र आफ्नो उपचारको लागि ब्याक्ती संघसंस्थालाई आफुलाई बचाइ दिन सहयोगको अपिल गरेका छन । श्रीमतीले आफुलाई हेरचाह गर्दा नै समय बित्ने गरेको छ । उपचारमा अहिलेसम्म १०/१२ लाख खर्च भइ सक्यो,फोक्सो ड्यामेज भयकोहुँदा पूरा उपचार भारतको चेन्नइमा हुने त्यस्को लागि पचास/साठी लाख खर्च डाक्टर बताएको भन्दै पत्रमा उल्लेख गरेका छ्न । नेपाली महिला समूह ओमनलाई सहयोग गरिदिनु हुन भन्दै पत्र लेखेका थिए । पत्रको आधारमा संस्था भुतपुर्व सचिबले कुमारी तामाङ नेपाल बिरामीलाई भेट गरि सहयोग हस्तान्तरण गरेको नेपाली महिला समुह कि अध्यक्ष मधु गुरुङले जानकारी दिनु भयो ।
रत्न नाथ योगी (राकेश) ले लेखेको पत्र ।
मिति २०७६/०५/२७ गते
श्री महिला प्रमुख ज्यु,
नेपाली महिला समूह,
` ओमन`
बिषय:- सहयोग गरी पाँउ भनी :-
मोहदय,
———–
सेवामा निबेदन गर्नाको कारण यो छ कि , मेरो जन्म कर्णाली प्रदेशको बिकट भनेर चिनिने कालीकोट जिल्ला नरहरीनाथ गाँउपालीका लालु -९ मा हो । म त्यो गाँउको एकदमै बिपन्न गरिब घरपरिवारमा जन्मेको हुँ , मेरो कुनै पनि घर जग्गा हाल सम्मन कुनै ठाँउमा पनि छैन ,मेरो यो बिपन्न परिवार र बिकटतामा जन्मिनुको नियत नै थियो तेसेैले पुगेन छ भगवानले फेरी म तीन चार बर्षको हुँदा नेमुनियाँ रोगले समायो छ र मेरो आमाबुवाको गरिबिको कारण यो रोगको उपचार हुन सकेन छ र यो रोग मेरो फोक्सोमा डेरा जमायर बसेको थियो , मैले ९/१० बर्ष मै बाबा गुमाउनु पर्यो एक्लो आमाले मेरो यो रोगको उपचार सम्भव भयन पछि म ठुलो भयर पनि म कमजोर नै भय केही तेस्तो पैसा कमायर उपचार गर्न सकियन । हाल म चालिस बर्षको पुग्दा यो रोगले उग्र रुप लियो र म बिरामी परे एकजना मेरो दाईको साहारामा मलाई काठमान्डौ ल्याईयो र टिचिङ हस्पिटलमा उपचारार्थमा राखीयो , हाल दुई बर्षदेखी म यो हस्पिटलमा उपचारार्थमा छु हस्पिटलको रिपोर्ट अनुसार यो बचपनको नेमुनियाँले मेरो फोक्सो ड्यामेज भयको र यसको ट्रिटमेन्ट भारतको चेन्नइमा हुने र यसमा पचास/साठी लाख खर्च हुने डक्टरको सल्लाहा आयको र हाल सम्मन मेरो दाईको मलाई उपचारमा दुई बर्षदेखी १०/१२ लाख खर्च भै सकेको जानकारी गराउदै अबको बिकल्प मेरो नयाँ जिबनको लागी सम्पुर्ण सहयोगी मनको धनी देशबिदेशमा छरियर बस्नुहुने दाजुभाई दिदिबहिनीको हातमा भयकोले म यो निबेन हझर समक्ष पेश गरेको छु । यसको साथै म संग आठ बर्ष मुनीका दुई छोरा र एक छोरी र श्रीमती पनि साथमा यहि काठमान्डौमा एक कोठा भाडामा लगेर मलाई पनि हाल हस्पिटलबाट डिस्चार्ज गरेर चौबिसै घन्टा कृतिम अक्सिजनमा राखियको छ यी तीन जना नानीबाबु र मेरो श्रीमतीको पनि भबिस्य अन्धकारमा रहेको जानकारी गराउदै हजुरको शरणमा आयर यो निबेदन पेश गरेको छु मेरो यो नयाँ जीवन र नानुिबाबुहरुको उज्वल भबिस्यमा यहाँहरुको सहयोगको आशाना छु , जो आज्ञा हजुरहरुको :
निबेदक
———-
रत्न नाथ योगी (राकेश)
काठमान्डौ नेपाल