कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनबाट बेनीका फेन्सी व्यवसायी रवीप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा तुलसीनाथ सुवेदी (रामप्रसाद), सचिवमा दमोदर शर्मा, कोषाध्यक्षमा राजुप्रसाद सुवेदी र सहसचिवमा देवीप्रसाद शर्मा (डिपी) चयन भएका छन् । सदस्यहरुमा ईन्द्रप्रसाद सुवेदी, भीमकुमारी भण्डारी, माधव आचार्य, कृष्ण बोगटी (सन्तोष), प्रकाश सापकोटा र रमेशप्रसाद चापागाईं रहेका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले उद्घाटन गरेको संस्थाको उद्घाटनसत्रको कार्यक्रम निवर्तमान अध्यक्ष सुवर्ण रिजालको अध्यक्षता र सचिव तुलसीनाथ सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।