राजनीतिमा चासो राख्ने सबैको ध्यान अहिले कास्की २ मा केन्द्रीत छ । देशभर प्रतिनिधिसभाका लागि चुनाव हुने एकमात्र क्षेत्र कास्की २ का उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त छन् ।
कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराई(अधिकारी)ले शनिबार पोखरा ११ फूलबारी, काहँुलगायतका क्षेत्रका मतदातालाई घर–घरै पुगेर भेटिन् । घर भएका ठाउँमा पैदल र नभएका ठाउँमा गाडीमा हिडेकी विद्यालाई १ सय १० वर्षीय गौरी आचार्यले विजयको आर्शीवाद दिइन् ।
विद्याले बालबालिका, वृद्धवृद्धा, अपांग, दलित र विकासको मूल प्रवाहबाट पछि परेको समुदायलाई सशक्तीकरण गर्न अहिलेको सरकारले ऐन, कानुन निर्माण गरिरहेको बताइन् ।
उनले पोखरा ११ मा रहेको काहुँ घरहरालगायतका पर्यटकीय क्षेत्रलाई देशविदेशमा चिनाउनु आफ्नो उद्देश्य रहेको सुनाइन् । पोखरा ११ का मतदातालाई उनले भनिन्, सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको सपना छ । सबै पोखरेलीको सपना नै मेरो एजेन्डा हो ।’
उनले दुःखद् परिस्थितिका कारण शोकलाई शक्तिमा बदलेर जनतामा आएको उल्लेख गरिन् । उनले ५ वर्षका लागि जनमत पाए पनि बीचमै उपचुनाव गर्नुपर्ने अवस्थामा जनताले फेरी नेकपा, अहिलेको सरकार र आफूलाई सानदार रुपमा विजयी गराउने अपेक्षा गरिन् ।
नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचन जितेपछि विद्या मन्त्री बन्ने बताए । उनले भने, ‘यो ३ वर्ष अन्य पार्टीले कसैलाई पनि मन्त्री बनाउन सक्दैनन्, नेकपाले मात्र सक्छ । यो क्षेत्रका सांसदलाई मन्त्री बनाएर समृद्धि ल्याउन योगदान गर्नुहोस् ।’ उनले नेकपा नेतृत्वको सरकारले चीनबाट समुन्द्रसम्म ७ वटा नाका खोल्ने र भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुकमा बनाउने ऐतिहासिक काम गरेको बताए ।
कार्यक्रममा नेकपा केन्द्रय सदस्यद्वय चूडामणि जंगली र श्रीनाथ बरालले परिवर्तनका लागि गरेको योगदान र सरकारमा हुँदा गरेका कामले नेकपा जनताको आशा र भरोसा भएको बताए । गोर्खा मेजर चन्द्रबहादुर पुनले यो सरकार आएपछि देशले विकासको लय समातेको बताए । उनले वृद्धवृद्धा, असहाय र अशक्तलाई आवश्यक नीति बनाउने पार्टी नेकपालाई जिताउन आग्रह गरे ।
एजेन्डा बुझाउन पोखरा ३३ मा बुद्धिजीवी कमिटी
पोखरा ३३ मा भएको बुद्धिजीवीको भेलाले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेकपा केन्द्रीय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा भएको भेलाले यज्ञप्रसाद अधिकारीको संयोजकत्वमा ३३ सदस्यीय कमिटी बनाएको हो । कमिटी उपाध्यक्षमा तुलसीमणि अधिकारी, सचिवमा गिरीधारी अधिकारी, सहसचिवमा राजु पौडेल र कोषाध्यक्षमा पारसमणि पौडेल छन् । कमिटी मतदाताको घरघरसम्म पुगेर पार्टीका एजेन्डबारे जानकारी गराउनेछ ।
भेलालाई नेकपा उम्मेद्वार विद्या भट्टराई(अधिकार)ीले नीति निर्माण र विकाश निर्माणको एकसाथ नेतृत्व गर्ने प्रतिवद्धता गरिन् । उनले नेकपाको पक्षमा देखिएको जनलहरका कारण विपक्षी आत्तिइसकेको दावी गरिन् ।
पट्नेरीमा घरदैलो
नेकपाले शनिबार पोखरा १५ पट्नेरीमा घरदैलो र कोणसभा गरेको छ । कोणसभामा वडा नं १५ को निर्वाचन परिचालन कमान्डरबखानसिंह तमुले विकास र समृद्धिका लागि सूर्य चिह्नमै मतदाताले मतदान गर्ने बताए । यहाँ मुक्तिलाल गुरुङको संयोजकत्वमा ७४ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको छ । कार्यक्रममा नेकपा १५ अध्यक्ष भक्तबहादुर खत्री, पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेल, जिल्ला सदस्य बलराम पौडेल, गणेश पाख्रिन लगायतले बोलेका थिए ।
विद्यालाई कांग्रेस नेता सोभियतबहादुरको शुभकामना
पार्टी कार्यकर्ता, नेताको मात्र होइन, स्वतन्त्र मतदाता र विपक्षीको ध्यान पनि तान्न खप्पिस थिए रवीन्द्र अधिकारी । गत फागुनमा उनको निधनपछि उम्मेदवार बनेकी विद्या भट्टराईमा पनि यस्तै स्वभाव देखिएको छ । उनले यसअघिका निर्वाचनमा रवीन्द्रसँगै प्रतिष्पर्धा गरेका कांग्रेस नेता सोभियतबहादुर अधिकारीसँग भोट मागिन् ।
पोखरा ११ रानीपौवामा चुनावी प्रचारप्रसारमा खटिएकी विद्याले नेता अधिकारीसँग हात मिलाइन् । नेता शोभियतले भने, ‘शुभकामना छ ।’ मुस्कुराउँदै दुवै छुट्टिए ।
८४ वर्षीया तारादेवी चुनावी प्रचारमा
कम्युनिष्टहरुले वृद्धवृद्धालाई मार्छ भन्ने भ्रम चिर्दै साबिक एमालेको सरकारको पालामा वृद्धभत्ता दिने प्रचलन सुरु भयो । वृद्धहरुलाई सामाजिक सुरक्ष दिने सुरुआत गरेको नेकपालाई पोखरा ११ मा ८४ वर्षीया तारादेवी गौतमले मत मागिन् । घरदैलोका क्रममा उनको घरमा पुगेको नेकपा प्रचार टोलीलाई शुभकामना र आर्शीवाद दिएपछि उनी नेकपाको झण्डा बोकेर चुनाव प्रचारप्रसारमा केही घर हिँडिन् ।
विद्यालाई जिताउन टोलटोलमा प्रचार समिति
पोखरा ४ शनिबार भएको भेलाले बुद्धिजीवीको तर्फबाट चुनाव प्रचारप्रचार प्रसार गर्न दुर्गादत्त भण्डारीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरेको छ । समितिको सहसंयोजकमा रामचन्द्र पहारी र नारायण अधिकारी, सदस्यमा गीता पौडेल, नवराज बास्तोला, रञ्जन शर्मा पराजुली, निदेश कोइराला, टोपबहादुर थापा, रामजी न्यौपाने, माधवप्रसाद सुवेदी, डा. खेमराज भट्ट, नवराज पौडेल, मानबहादुर केसी, दिलकुमारी पौडेल, शान्ति थापा, महेन्द्र आले, सत्यराज सुवेदी र शिवकुमारी आधिकारी छन् । डा. कृष्णराज अधिकारीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको वडा नम्बर ४का इन्चार्ज दामोदर बैरागीले जानकारी दिए ।
यता, बुद्धिजीवी संघसंस्था पेशागत समन्वय उपसमिति भलामको भेलाले रवीन्द्रका अधुरा योजना पूरा गर्नका लागि विद्यालाई जिताउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । विद्याले पेशागत संगठनमा खेलेको भूमिका, पार्टी संगठनमा रहेर खेलेको भूमिकालाई मूल्यांकन गरेरै उम्मेद्वार बनाएकाले सबै मिलेर जिताउन आग्रह गरेको प्राडा कृष्ण केसीले जानकारी दिए । भेलामा नेकपाका नेताहरु दामोदर बैरागी, विश्वप्रकाश लामिछानेलगायत सहभागी थिए ।
तनहुँबाट पोखरा आई बसोबास गरेकाको पोखरामा भएको भेलाले भीम गुरुङको संयोजकत्वमा १३ सदस्य उपनिर्वाचन सहयोग समिति गठन गरेको छ ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे(उत्तम)ले नेकपाका उम्मेदवारलाई जिताउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
भेलामा नेकपा तनहुँ अध्यक्ष केदार सिग्देल र श्रीकान्त खतिवडाले परिवर्तन र समृद्धिको साधक नेकपालाई जिताउन आग्रह गरे ।
‘मलाई पाल्ने छोरी विद्या हुन्’
नेकपाको अभियान पोखरा ८ मा पनि जारी छ । पोखरा ८ की यराधादेवी चालिसले शुक्रबार टोलमा पुगेकी विद्यालाई शुभकामनासहित भोट पनि अरुलाई पनि नेकपालाई मत दिन आग्रह गरिन् ।
उनले भनिन्, ‘मलाई पाल्ने यही छोरी हो । रविन्द्र सपना पूरा गर्न र देशको मुहार फेर्न विद्यालाई भोट दिऊ ।’ वडाभित्र टोल कमिटी गठन गरी उम्मेदवारभन्दा पहिला कार्यकतालाई मतदाताका घर पु¥याउने र त्यसपछि उम्मेदवारसहित घरदैलो गर्ने रणनीतिसहित नेकपा पोखरा ८ जुटेको यहाँको चुनावी कमान्ड समालेका नेकपा केन्द्रीय सदस्य शारदाप्रसाद सुवेदीले बताए । आइतबार उम्मेदवारसहित पोखरा ८ मा आयोजना हुने उनले बताए । आइतबार बिहान डेढ घण्टा घरदैलो र त्यसपछि चालिसेचोकमा र साँझ ४ बजे बगालेटोलमा कोणसभा गरिने सुवेदीले जानकारी दिए ।