विश्व मधुमेह दिवसको अवसरमा बिहीबार बेनी अस्पतालमा आयोजित निःशुल्क मधुमेह परीक्षण एवं परामर्श शिविर सम्पन्न भएको छ ।
बेनी अस्पतालको मूल आयोजना तथा म्याग्दीमा क्रियाशिल लायन्स क्लबहरुको संयोजनमा सञ्चालन गरिएको शिविरमा १ सय ८२ जनाको मधुमेह परीक्षण गरिएको छ । जसमध्ये करिब ३ जनामा मधुमेह रोग भेटिएको शिविरमा खटिएका अस्पतालका वरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट सञ्जोक तिमिल्सिनाले जानकारी दिएका छन् ।
मधुमेहलाई चिनी वा सुगर रोगको नामले समेत चिनिने भए पनि आफ्नो नियमित चेकजाँच नगर्ने गरिएकाले पनि रोग लुकाउन बाध्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले बताए ।
सन्तुलित खानपानसँगैको बिलासी जीवनका कारण मधुमेहका रोगीहरु बढ्दै जान थालेपछि दिवसको अवसरमा चेकजाँचसहित सचेतनामूलक कार्यक्रम गरिएको जनाइएको छ । बिलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगीहरू ह्वात्तै बढ्ने गरेका छन् ।
Previous Articleतातोपानीले तान्यो १५ करोडको लगानी
Next Article रुप्से दैनिक ! ३० कार्तिक २०७६