इरुप्से ड्ट्कम
प्रवासी नेपाली एकता मञ्च अाेमनले कार्यसमिति सदस्य तथा नृत्यकार सम्झना केसीलाई ८ नाेबेम्बर २०१९ शुक्रबार रुसेल पार्कमा बिदाई गरेको छ । लामो समय संस्थामा आवद्ध रहेर कार्यरत केसिलाई संस्थाका कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठ,सदस्य लीलानाथ कोइराला, शुरेस बराइली, मान बहादुर रसाइली,पेमदिकी शेर्पा उपस्थितिमा खादा प्रमाणपत्र सहित बिदाई गरेको थियो ।साथै सोही दिन नेपाली महिला समूह अाेमनले कार्यसमिति सदस्य तथा नृत्यकार सम्झना केसीलाई रुसेल पार्कमा बिदाई गरेको छ । नेपाली महिला समुहकि महासचिव गाेमा थापामगरले संचालन गर्नुभएको अौपचारिक बिदाई कार्यक्रमको अध्यक्षता भने नेपाली महिला समूह अाेमनकि अध्यक्ष मधु गुरुङले गर्नु भएको थियो । अतिथिहरुमा सस्थाका सस्थापक अध्यक्ष पार्बती श्रेष्ठ र पुर्ब अध्यक्ष उमा ढुंगाना हुनुहुन्थ्यो । स्वागत मन्तब्य समुहकि उपाध्यक्ष सारदा तिवारीले गरिन भने अतिथिका रुपमा उपस्थित हुनुहुने सस्थापक अध्यक्ष पार्बती श्रेष्ठले सदस्य सम्झना केसीलाई उज्ज्वल भबिस्यकाे शुभकामना यात्रा सफलताको शुभकामना दिनुभयो ,अर्का पुर्ब अध्यक्ष उमा ढुंगानाले सदस्य सम्झना केसी सामाजिक काममा मात्रै नभई अभिनय ,नृत्यमा पनि राम्रो कलाकार भएको बताउनुका साथै अागामि दिनमा हामीलाई वहाँकाे अभाव भईरहने बताउनु भएको थियो । यात्रा सफलताको शुभकामना दिनुभयो, सस्थाका सबै पदाधिकारी सदस्यहरुले सदस्य सम्झना केसीलाई बिदाई शुभकामना दिदै यात्रा सफलताको शुभकामना दिनुभएको थियो ,अन्त्यमा उक्त बिदाई कार्यक्रमलाई समाप्त गर्नु हुदै नेपाली महिला समुहकी अध्यक्ष मधु गुरुङले सदस्य सम्झना केसीलई हाम्रो सस्थाले सधैंभरि याद गरिरहने बताउनुका साथै उनलाई कदर पत्र र मायाकाे चिनाे र खादाले सम्मान गर्दै शुभकामना दिनुभएको थियो ,अाफना बिदाईका हात हल्लाउँदै सदस्य सम्झना केसीले यो अाेमनमा अाफुले पाएकाे सम्मानलाई कहिल्यै नभुल्ने र सस्थामा अाबद भएपछि धेरै कुरा सिक्न सफल भएको बताउदै सम्मान गर्ने सस्थाका अध्यक्ष लगायत सबैलाई धन्यवाद दिनुभयो ।
प्रवासी नेपाली एकता मञ्च तथा नेपाली महिला समुह ओमन द्वारा केसिलाई बिदाई गर्यो
Previous Articleरुप्से दैनिक ! २४ कार्तिक २०७६
Next Article रुप्से दैनिक ! २५ कार्तिक २०७६