ई रुप्से ड्टकम / प्रवासी नेपाली एकता मञ्च ओमन द्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम ओमनको गोब्रा स्थिति अल माहा इन्टरनेशनल होटलको हलमा अक्टोबर ११ तारिक शुक्रबारको दिन भब्यताको साथ सम्पन्न भएको छ ।
प्रवासी नेपाली एकता मञ्च ओमनको कार्यदल सदस्य उमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास ओमन कि श्रमसहचारी कृष्ण कुमारी गौली रहनु भएको थियो भने विशिस्ट अतिथिमा नेपाल बाट आउनु भएका चर्चित जनवादी गायक जेबि टुहुरे रहनु भएको थियो ।अतिथिहरुमा लोक गायिका कलाकार तुलसी घर्ती मगर नेपाली जनसम्पर्क समिति ओमनका महामन्त्री नवीन पंगेनी ,ओमान नेपाली एकता समाजका अध्यक्ष छबीलाल बस्नेत, नेपाली समाज ओमानका दिल रोका ,गैर आवाशीय नेपाली सोसल क्लब ओमनका उपाध्यक्ष विकल झा , म्याग्दी प्रवासी संघ मोना ओमनका उपाध्यक्ष गणेश चोखाल ,नेपाली महिला समूह ओमन कि अध्यक्ष मधु गुरुङ्ग ,तामाङ समाज ओमानका अध्यक्ष तेजबहादुर तामाङ ,बुद्ध भिजन ओमन,तमु समाज ओमन,नेपाल मगर संघ ओमन, दलित एकता संजाल ओमान , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान, बाग्लुङ सेवा समाज ओमन गुल्मी सेवा समाज ओमन , पत्रकार, बुद्धिजीवी, व्यावसायिहरु उपस्थिति रहेको थियो । उपस्तिथि अतिथिहरुलाई संस्थाका सदस्य सम्झना केसि, बिबि माँया तामाङ्गले ब्याच लगाई सम्मान गरेका थिए ।
कार्यक्रमको सुरुवात ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै, मैन बत्ती बालेर राष्ट्रिय गीत बजाई कार्यक्रमको उद्दाटन गरीएको थियो । प्रवासी नेपाली एकता मञ्च ओमनका सदस्य लिला नाथ कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथी नेपाली राजदुतावास ओमनकि श्रमसहचारी कृष्ण कुमारी गौली , लगायत ओमन स्थित रहेका विभिन्न संघ संस्थाहरुले दशैँ शुभकामना मन्तब्य राखेका थिए । मन्तव्य संगै श्रमसहचारी कृष्ण कुमारी गौली संस्थाका कार्यक्रम अध्यक्ष उमेश विश्वकर्माले आशीर्वाद दिदै उपस्थित सबैलाई टीका जमरा लगाई दिनु भएको थियो । पुर्ण विश्वकर्मा (पहाडी ) ले कार्यक्रम संचालन गरेका थिए ।
नेपाल बाट आउनु भएका जनवादी कलाकार जेवि टुहुरे, लोक गायिका तुलसी घर्ती मगरको प्रस्तुतिले हलमा रहेका दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल हुनु भयो । साथमा ओमन स्थित विभिन्न संस्था बाट प्रतिनिधित्व गरेर आएका स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम लाई थप रौनक थपेको थियो । जनवादी गायक जेवि टुहुरे,लोक गायिका तुलसी घर्ती मगर, प्रमुख अतिथि श्रमसहचारि कृष्ण कुमारी गौली लाई कार्यक्रमका अध्यक्ष कार्यदल सदस्य उमेश विश्वकर्मा, पदम प्रसाद अर्याल,सोम कृष्ण श्रेष्ठले प्रमाणपत्र खादा ओढाएर सम्मान गर्नु भएको थियो ।
नेपाल बाट आउनु भएका कलाकार जेवि टुहुरे, गायिका तुलसी घर्ती मगरलाई नेपाल मगर संग ओमनले ओमनि चिनो प्रदान गर्दै सम्मान गरेको थियो । कार्यक्रममा खाना पानी चिसो पियपदार्थको पनि व्यवस्था रहेको थियो ।नेपाल बाट आउनु भएका कलाकार जेवि टुहुरे, गायिका तुलसी घर्ती मगरलाई नेपाल मगर संग ओमनले ओमनि चिनो, प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको थियो । कार्यक्रममा खाना पानी चिसो पियपदार्थको पनि व्यवस्था रहेको थियो । इरुप्से ड्ट्कमले फेसबुक लाईभ प्रसारण गरेको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष उमेश विश्वकर्माले कार्यक्रम सफल पार्न नैतिक , भौतिक र आर्थिक सहयोग पुर्याउने सम्पूर्ण स्पोनसर, मिडिया पार्टनर सहयोगी उपस्थितिहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थिए ।