अन्तर्राष्ट्रिय ज्येष्ठनागरिक दिवसको पूर्वसन्ध्याको अवसर पारेर सोमबार म्याग्दीमा ज्येष्ठनागरिकलाई सम्मान गरिएको छ । बेनी नगरपालिका–७ र ८ नम्बर वडाको आर्थिक सहयोग तथा कृष्णागण्डकी ज्येष्ठनागरिक सेवा केन्द्रको आयोजनामा ज्येष्ठनागरिकलाई घरमै पुगेर सम्मान गरिएको केन्द्रले जनाएको छ ।
कृष्णागण्डकी ज्येष्ठनागरिक सेवा केन्द्रको व्यवस्थापनमा मङ्गलाघाट क्षेत्र र बेनीबजारका गरी कुल १० जना ज्येष्ठनागरिकलाई घरमै पुगेर सम्मान गरिएको अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले बताए । बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ८ का अध्यक्ष रामकृष्ण बराईलीको प्रमुख र ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको विशिष्ट आतिथ्यमा ज्येष्ठनागरिकलाई सम्मान गरिएको छ ।
उनीहरुलाई मौसम अनुकुल हुनेगरी विभिन्न किसिमका फलफुलका साथै खादा लगाएर नगद एक÷एक हजार रुपैयाँ दिएर सम्मान गरिएको छ । वडा अध्यक्षद्वय, सेवा केन्द्रका अध्यक्ष श्रेष्ठ लगायतले कार्यक्रममा आउन नसक्ने ज्येष्ठनागरिकलाई घरमै पुगेर सम्मान गरेका थिए ।
Previous Articleमृगौला पीडित शर्मालाई मोना कतारको सहयोग
Next Article भूपू सैनिक सहकारीको चौधौं साधारणसभा