इरुप्से ड्ट्कम
एनआएनएको पदाधिकारी र मुख्य नेतृत्वदायी लेभलमा खाडीले प्रतिनिधिले मौका नपाउनु भनेको खाडीका कामदारको समस्यालाई नजरअन्दाज आवाज बन्द गराउनु हो यो हुनु हुदैन । खाडीका मजदुरको समस्या मैले नजिक बाट देखेको छु, भोगेको छु । त्यसैले महासचिवमा आफ्नो उम्मेदवारी दिए क्षेत्रीले भने । आगामी कार्यकाल २०१९ –२०२१को लागि मध्य पुर्वबाट महासचिवलगायतका उच्च पदहरुमा उम्मेदवारी घोषणा शुरु भएको छ । बर्तमान सचिव पदमा सफलतासाथ कार्यकाल सम्पन्न गर्न लागेका क्षेत्रीले महासचिवमा उम्मेदावारी घोषणा गरिसकेका छन् ।
मध्यपूर्बका नेपालीहरु नेतृत्वदायी पदमा पुगेर एनआरएन अभियानलाई नेतृत्व दिन सक्छन् भन्ने विश्वलाई बताउन आवश्यक रहेको भन्दै क्षेत्रीले खाडीमा लेबर मात्र हुन्छन, नेतृत्व गर्ने क्षमता राख्दैनन भन्ने खालको अपमानजन्य भ्रमहरु तोड्न आवश्यक रहेको बताए । उनको प्रतिस्पधीृका रुपमा बेल्जियमकी जानकी गुरुङले महासचिब पदमा उम्मेद्बारी घोषणा गरिसकेकी छिन् भने बिधान समितिका संयोजक डा हेमराज शर्माले समेत बेलायतबाट उम्मेद्बारी घोषणा गरेका छन् ।
एनआरएन धनीमानीहरुको चन्दाले चलेको संस्था नरहेको भन्दै खाडीका पचासौ लाख मजदूरको साथ र उनिहरुको आर्थिक योगदानलाई नजरअन्दाज गर्नु नहुने क्षेत्रीले बताए । ’कसैले भ्रम नराखे हुन्छ, एनआरएन अभियानमा खाडीका मजदूरहरुको पसिना पनि पोखिएको छ, कसैको डलरले चलेको हैन । संस्थामा लागेर दुख गर्ने मध्यपूर्ब, अफ्रिका र मलेसियाका कामदारहरुको अपमान हुने गरी कसैको माया दयाले दिएको पद स्वीकार नगर्ने उनले बताए । ‘संस्थाको महत्वपूर्ण र मुख्य पदहरुमा यिनिहरुको धनसम्पती र क्षमताले पुग्दैन भन्ने भ्रम चिर्न पनि यी क्षेत्रका एनआरएन अभियन्ताहरु एक हुन जरुरी रहेको छ,’ उनले भने । बैदेशिक रोजगारीमा सामाजिक सुरक्षाको बिषय उठाउने क्षेत्री पहिलो एनआरएन अभियान्ता हुन । उनले हजारे अभियानको नाममा बैदेशिक रोजगारी संचय कोष अभियानको सुरुवात गरेका थिए । नेपाल सरकारले उक्त अभियानलाई सम्बोधन गर्दै हाल कानून निर्माणको क्रममा रहेको छ ।
‘लाखौं नेपालीहरु रहेको मलेसिया र खाडीले हालसम्म महत्वपूर्ण पद अध्यक्ष र महासचिब पद पाउन सकेको छैन । खाडीमा पनि सक्षम एनआरएन अभियान्ताहरु छन तर नेतृत्वले सधैं हेप्ने काम गरेको छ । संस्थालाई सबै नेपालीको अपनत्व महशुस गराउने, बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकहीतको लागि एनआरएनलाई समर्पित गर्ने, एनआरएन धनीको चन्दाले हैन गरीबको पसिनाले चलेको छ भन्ने कुराको पुष्टि गर्न आवश्यक छ । त्यसको लागि मध्यपूर्बले सफलतापूर्बक नेत्रित्वदायी भूमिका पुरा गर्न सक्षम छ भन्ने कुरा प्रमाणित गर्न पनि मध्यपूर्बका एनआरएनहरु एक हुनुपर्ने भएको छ । मध्यपूर्ब कसैको भोट् बैंक मात्र हैन भन्ने प्रमाणित गर्न म महासचिबमा आउने छु’, क्षेत्रीले भने ।
क्षेत्री खाडीका मजदुरको हकहितका लागि लामो समय देखि संघर्षरत छन ।खाडी लगायत विश्व भरि रहनु भएका नेपालीहरुको पुरै साथ समर्थन, जिताउने छन् ।
भन्ने मलाई विश्वास छ ।