‘किशोर किशोरीको सहभागिता, परिवार योजना सुनिश्चितता’ भन्ने मूल नारासहित बुधबार म्याग्दीमा छैटौं परिवार योजना दिवस मनाइएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बेनी अस्पताल म्याग्दीको परिसरमा कार्यक्रम गरी दिवस मनाइएको हो ।
कार्यक्रममा सहभागीहरुलाई परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरुको प्रयोगबारे जानकारी गराउनुका साथै जानकारीमूलक ब्रोसरहरु बाँडिएको थियो । कार्यक्रमका सहभागीहरुबाट परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरु अपनाउँदा आइपरेका समस्याको बारेमा बुझ्नुका साथै सहजीकरण समेत गरिएको थियो । परिवार नियोजनका लागि स्थायी सेवातर्फ पुरुषका लागि भ्यासेक्टोमी तथा महिलाका लागि मिनील्याप सेवा उपलब्ध रहेको एवं अस्थायी साधनहरु कण्डम, इप्लान्ट, कपर्टी र आईयुसिडीको प्रयोगका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख प्रकाशराज शर्माले परिवार योजनाका विषयमा समुदायमा पुगेर किशोरकिशोरीहरुलाई बुझाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका थिए । बेनी नगरपालिकाका शाखा अधिकृत युवराज थापाले नगरपालिकामार्फत आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि विभिन्न कार्यक्रमहरु गरिएको बताएका थिए ।
बेनपाका शाखा अधिकृत थापाको अध्यक्षता, स्वास्थ्य शाखा संयोजक लीला गौतमको सञ्चालन तथा सहजीकरण र सहसंयोजक सोमनाथ उपाध्यायको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleफोरजी इन्टरनेट सञ्चालनको तयारीमा टेलिकम
Next Article बार्सिलोनाका अल्बा दुई साता मैदान बाहिर