ओमान
नेपालीहरुको पर्व बडा दशैं, तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बांड्न नेकपा समर्थित संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले “दशैं बिशेष कार्यक्रम”आयोजना गर्ने गरि तयारी पुरा गरेको छ ।
राष्ट्रिय कलाकारहरू वरिष्ठ जनवादी गायक जेबी टुहुरे र चर्चित लोक दोहरी गायिका तुलसी घर्तीमगर तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती संगै बडा दशैं बिशेष कार्यक्रममा सगरमाथा आरोही ओमानी नागरिक नादिरा अल हार्थीलाई संस्थाले विशेष सम्मान गर्ने तयारी गरेको जानकारी दिए । भर्मण वर्ष २०२० लाई ओमनमा संस्थागत रुम्पै उत्घाटन तथा प्रचार सोही कार्यक्रम बाट गर्नुका साथै ओमनका क्रिकेट / संयोजक डाड मोहम्मद अल बलोचि लाई स्पेसल गेस्टको रुपमा आमन्त्रण गरिएको संस्थाका कार्यदल सदस्य उमेश विश्वकर्मा बताउनु भयो ।
चर्चित लोक दोहरी गायिका तुलसी घर्तीमगरको संगको दोहोरी घम्साघम्सी हेर्न कार्यक्रममा सहभागी हुन प्रवासी नेपाली एकता मञ्च ओमनका कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठले ओमनमा रहनु भएका नेपालीहरु सबैमा कार्यक्रममा उपस्थित भै मनोरञ्जन लिन पनि अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रम ११ तारिख शुक्रबार होटल अलमाहा, गोब्रा, मस्कटमा आयोजना हुन लागेको हो कार्यक्रम बिहान ११ बजे देखि शुरु हुने प्रवासी नेपाली एकता मञ्च ओमनले जनाएको छ ।
प्रवासी नेपाली एकता मञ्च ओमनद्वारा अपिल
अादारणीय प्रवास अोमानमा रहँदै अाउनु भएका प्रवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरू सबैमा न्यानो अभिवादन ।
प्रवासी नेपाली एकता मञ्च अोमानले विगतमा झैं यसपाली पनि बडा दशैंको अवसरमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरू वरिष्ठ जनवादी गायक जेबी टुहुरे र चर्चित लोक दोहरी गायिका तुलसी घर्तीमगर तथा स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुती रहने गरि दशैं विशेष साँस्कृतिक कार्यक्रमको अायोजना गर्न गई रहेको छ । उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न पार्न यहाँहरूको उपस्थिती नै अपरिहार्य भएकोले तपशिल मिति समय र स्थानमा गरिमामय उपस्थिती जनाई दिनु हुने छ भन्ने अाशाका साथ सबैमा हार्दिकताका साथ यो अपिल जारी गरिएको छ । धन्यवाद।।।।
मितिः- ११ अक्टूवर २०१९(शुक्रवार)
समयः- ११ बजे(विहान)
स्थान:- होटल अलमाहा, गोब्रा, मस्कट
सम्पर्क:- ९५६०३७४६, ९५६४३०५०,९४८३४५२७, ९५७६००७४,९७४८१३३६, ९६३४९२०१, ९५७१६५ ४८