नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत प्रदेश सभा (ख) को मंगला गाउँपालिका–१ कुहुँमा सम्पन्न भएको छ । हिमाल, पहाड र तराई जागरण अभियान अन्तर्गत आइतबार कुहुँमा सम्पन्न कार्यक्रमलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव भरत रकालले सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सहसचिव रकालले वर्तमान सरकारले जनतामाथि गरेका ज्यादती र गलत क्रियाकलापविरुद्ध जनस्तरबाट खबरदारी गर्नका लागि जागरण अभियान सञ्चालन गरेको बताए । प्रतिपक्षको रुपमा कांग्रेसले सरकारलाई साथ दिए पनि काम गर्न नसकेको उनले आरोप लगाए ।
कार्यक्रममा युवा नेता एवं मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, क्षेत्रीय उपसभापति मेकबहादुर पुन, कोषाध्यक्ष तेजिन्द्र थापा र सचिव हिराबहादु पुनले सरकारको ढिलासुस्ती, गलत प्रवृत्ति तथा ज्यादतीका विरुद्ध सबै एक हुनुपर्नेमा जोड दिए ।
बिलप्रसाद पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव डिलबहादुर किसान, तरुण दल वडा सदस्य केशर घर्ती लगायतले मन्तव्य राखेका थिए । साथै आइतबार प्रदेश सभा (क) को बेनी नगरपालिका–२, भकुण्डेमा पनि अगुवा कार्यकर्ता भेला तथा प्रक्षिशणसहित जागरण अभियान सम्पन्न भएको छ ।
Previous Articleस्पोर्ट्स क्लब तथा सांस्कृतिक उपसमिति गठन
Next Article मालिकामा सामाजिक हिंसाविरुद्ध अभियान चलाइँदै