न्यु दोभान युथ क्लबको आयोजनामा बिहिबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा प्रथम अन्तर माविस्तरीय खुल्ला नाइन–‘ए’ छात्रा फुटबल प्रतियोगिताको उपाधि माउण्ट एभरेष्ट आवासीय माविले हात पारेको छ । म्याग्दी बहुमुखी क्याम्पसलाई फाइनल खेलमा शुन्यका विरुद्ध ३ गोल प्रहार गर्दै माउण्टले उपाधि हात पारेको हो ।
सेमीफाइनलमा बागलुङको अमर आर्दश माविलाई शुन्यका विरुद्ध १ गोल प्रहार गर्दै फाइनलमा प्रवेश गरेको म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी एकेडेमीलाई शुन्यका विरुद्ध १ गोल गर्दै फाइनलमा पुगेको माउण्ट एभरेष्टको खेल पहिलो चरणमा तीव्र प्रतिस्पर्धा भए पनि दोस्रो चरणमा माउण्टले निरन्तर दवाव दिएको थियो । दोस्रो चरणमा माउण्टकी रिया रोकाले लगातार २ गोल गरेकी थिइन् ।
प्रतियोगितामा म्यान अफ दी म्याच माउण्ट एभरेष्टकी रिया रोका घोषित भइन् । उत्कृष्ट खेलाडी माउण्टकै डिम्पल गुरूङ, सर्वाधिक गोलकर्ता माउण्टकै रिया रोका, उत्कृष्ट गोलरक्षक म्याग्दी बहुमुखी क्याम्पसकी रविना बोहोरा, अनुशासित टिम म्याग्दी एकेडेमी, राईजिङ खेलाडी वेष्ट पोइन्टकी दिपशिखा किसान र अमर आर्दशकी सुमिना केसी भएको न्यु दोभान यूथ क्लबका आशिष भुजेलले बताए ।
विजेतालाई बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।