सन्तोष कटुवाल
सिन्धुली । कर्मचारी हकहितमा योगदान सँगै जिवनको आहुती बलिदान दिएका सहिद मनोज र झपेन्द्रको सम्झना सम्मान तथा स्मृती दिवशको अबसरमा नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीले एक औपचारिक कार्यक्रम बिच सिन्धुली कलाघरलाइ आर्थिक सहयोग गरेको छ । कमलामाइ नगर प्रमुख खड्ग खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा संगठनले नगद एघार हजार एक सए एघार(१११११) प्रदान गरेको हो । सहिद हरु प्रति भाव पुर्ण श्रद्धा सुमन प्रकट गर्दै सहिदहरुले देखाएको बाटोमा हिड्नुपर्ने र कर्मचारी कार्य सेवा सगैँ सामाजिक सेवामा पनि निरन्तर लागि पर्नुपर्ने धारणा उपस्थीत अतिथीहरुले मन्तव्यको क्रममा राख्नुभएको थियो । कलाघरकै आगनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगाएत विभिन्न संघसस्थाका प्रतिनिधी, कर्मचारीहरुको उपस्थीती रहेको थियो ।
जिल्लाको कला सस्कृतीको बिकासमा सकृय कलाघरलाई कलाको सम्मान तथा कलाकारहरुको प्रोशाहान स्वरुप सहयोग गरिदिनु भएकोमा आयोजक निजामती कर्मचारी सम्पुर्ण परिवार प्रति सिन्धुली कलाघरका अध्यक्ष नेपाली बाबु सुमन मगर ज्युले हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको छ।।