नेपाल कम्युनिष्ट पार्टीले म्याग्दी जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापालाई दिएको छ । काठमाडौमा आइतबार सम्पन्न नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सह–इन्चार्जको टुङ्गो लगाएको हो ।
यसअघि म्याग्दी जिल्लाको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठलाई चयन गरिएको थियो । म्याग्दीका स्थानीय तह र वडास्तरमा नेकपाको एकता प्रक्रिया पुरा भई एकीकृत सङ्गठन कमिटी गठन भैसकेको छ । यसैगरी नेकपाको मुस्ताङ इन्चार्जमा श्रीमाया थकाली र पर्वतमा गुप्तबहादुर ठकुरी चयन भएका छन् । बागलुङको इञ्चार्जमा बलावती शर्मा तथा सहइञ्चार्जमा मनकुमारी केसी चयन भएको नेकपाले जनाएको छ ।
Previous Articleरुप्से दैनिक ! ०६ श्रावण २०७६
Next Article पत्रकारको भाषा तथा प्रविधिसम्बन्धी तालिम सकियो