म्याग्दी प्रवासी नेपाली संघ(मोना) सेन्दाई जापानको विशेष भेटघाट एवम् परिचयात्मक कार्याक्रम पछि आइतबार पुरानो समितिमा पदाधिकारी तथा सदस्यहरु थप गर्दै पूर्णता दिइएको छ ।
मेना सेन्दाइका संस्थापक अध्यक्ष कमल बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दीबाट सेन्दाइ पुगेका नयाँ आगन्तुकहरुलाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम भएको थियो । अध्यष बानियाँका अनुसार आइतबारको कार्यक्रमले छत्र केसीलाई मोना सेन्दाइको सल्लाहकार चयन गरेको छ । त्यस्तै समितिलाई पूर्णता दिनका लागि उपाध्यषमा सागर थापा, सचिव सुरेन्द्र विश्वकर्मा, कोषाध्यक्षमा सुवास खत्री, सहसचिव सुस्मिता कोइराला चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुरेस पुन, अश्विन भण्डारी, विकाश विश्वकर्मा, विकास बुढाथोकी, मनोज कुमार चोखाल, प्रविण खत्री चयन भएका छन् । त्यस्तै भेलाले सेप्टेम्बर १ का दिनमा तिजको अवसरमा दरखाने कार्यक्रम गर्ने निर्णय भएको समेत अध्यक्ष कमल बानियाँले बताए ।
आइतबारको म्याग्देलीहरुको भेलाले म्याग्दीका साथै नेपालबाट सेन्दाइ पुगेकाहरुलाई काम खोज्नका लागि सहयोग गर्ने समेत निर्णय गरेको छ ।
Previous Articleरुप्से दैनिक ! ०५ श्रावण २०७६
Next Article एनआरएन न्यूजिल्याण्डमा लालबहादुर के.सी.