गैर आवासीय नेपाली संघ(एनआरएन) न्यूजिल्याण्डको अध्यक्षमा सिंगा बास्कुनाका लालबहादुर के.सी विजयी भएका छन् । बेनी नगरपालिका–४ बास्कुनका के.सी आमूल परिवर्तनका लागि समावेशिता, पारदर्शीता र जवाफदेहिता भन्ने मुल मन्त्र लिएर निर्वाचनमा होमीएका थिए ।
नेपालीका लागि नेपाली भन्ने महशुष गराउने मूल ध्येयका साथ एनआरएन न्यूजिल्याण्डको नेतृत्व लिएका केसीको काँधका अब भने आफ्नो चुनावी प्रतिवद्धतालाई कार्यान्वयन गर्ने अवसर र चुनौती रहेको छ ।
केसी नेतृत्वको टिमको उपाध्यक्षमा उद्धव अधिकारी, बाल गोले, भावना नेपाल रहेका छन् । त्यस्तै महासचिव दयानिधि गौतम, सचिव प्रदिप रुपाखेती, नारद कुबर, कोषाध्यक्षमा बिपिन भण्डारी, सह–कोषाध्यक्षमा कमल बस्याल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा निङबार घिसिङ, सुमना के.सी. श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, पाख्रीन पाण्डे, डा.चन्द्र शर्मा पौडेल, राजेन्द्र पाण्डे, सचि थापा, बिष्णु बस्नेत, अप्रिल अर्याल, बिष्णु विक्रम शाही रहेका छन् । त्यस्तै आइसीसी सदस्यमा बिशाल सापकोटा निर्वाचीत भएको अध्यक्ष लालबहादुर के.सीले बताए ।
एनआरएनको बैठकले अब आगामी कार्यदिशाको बारेमा छलफल गरेर कसरी अगाडी बढ्ने भन्ने वारेमा तय गर्ने समेत अध्यक्ष के.सीले बताए ।