गएको बर्ष युएईमा निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको स्वभाविक मृत्यु नभई हत्या भएको एक जना प्रहरी प्रमूखको दाबी आएको छ ।
गएको बर्षको २४ फेब्रुअरीमा उनको निधन भएको थियो । तर उक्त घटनाबारे सनसनी दाबी गर्दै भारतको केराला राज्यका प्रहरी महानिर्देशक (डीजीपी) ऋषिराज सिंहले श्रीदेवीको निधन बाथ ट्युबमा डुबेर नभएको बताएका छन् ।
सिंहले श्रीदेवीको हत्या भएको केरलाको एक पत्रिकामा लेख लेख्दै ‘श्रीदेवीको मृत्यु बाथट्युबमा डुबेर भएको थिएन, उनको हत्या भएको थियो’ भनेका छन् ।
श्रीदेवीको निधनको अनुसन्धानमा खटेका व्यक्ति र मेडिकल टिमसँग गरेको कुराकानीको आधारमा यस्तो दाबी गरेको बताएका छन् । उक्त दाबीलाई पुष्टि गर्ने आधार दिँदै डाक्टर उमादथनले पनि ‘मानिस जति मात्तिए पनि एक फिट पानीमा डुब्दैन। उ त्यतिबेला डुब्छ जतिबेला उसको दुवै खुट्टा कसैले पक्रिन्छ या उसको शिर टाउकोमा डुबाइदिन्छ’ भनेका छन् । यसले उनको हत्या भएको दाबीमाथि बल पुगेको छ ।
यो दाबीको श्रीदेवीका पति बोनी कपुरले खण्डन गरेका छन् । उनले यसलाई हावादारी पनि भनेका छन् । यस विषयमा प्रतिक्रिया नदिने बोनीले बताएको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।