लामुखट्टेले टोकेर डेङ्गु जस्ता खतरनाक रोग लाग्ने भएकाले स्वास्थ्य कार्यालय बेनीको अगुवाईमा लामखुट्टे खोज र नष्ट गर अभियान थालिएको छ ।
शुक्रबार बेनीमा अभिमुखी करण कार्यक्रमको आयोजना पछि राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा विद्यार्थीलगायतका सरोकारवाला निकायको टोलीले बेनी बजार क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रवहादुर केसीले डेंगु रोगबाट बच्न आफ्नै वरपरको सरसफाइमा ध्यान दिएको खण्डमा पनि धेरै सुधार हुने बताएका थिए । उनले अरुले गरिदीने आशा गर्नु भन्दा पनि आफैले आफ्नो वरपर सफा गरेको खण्डमा बच्न सकिने बताएका थिए ।
अभिमुखी कार्यक्रममा कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एकनारायण लम्सालले डेंगु रोग नियन्त्रण गर्ने उपाय, डेंगु रोगबाट बच्ने उपाय, डेंगु रोग कसरी सर्छ भन्ने सामग्री समावेस भएको कार्यपत्र प्रस्तुत गरेका थिए । लामखुट्टे कसरी हुर्कन्छ, कस्तो स्थानमा उसले आफ्नो लार्भा छाड्छ र डेङ्गु कसरी सर्छ भन्ने विषयवस्तु कार्यपत्रमा समावेस थियो ।
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भिमप्रसाद आचार्यले डेंगु रोगबाट बाच्नका लामखुट्टे नियन्त्रण गर्ने विधीका बारेमा जानकारी गराएका थिए । उनले लामखुट्टे नियन्त्रण नै डेंगुबाट बच्ने मुख्य उपाय भएकाले यसतर्फ सबैले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
Previous Articleसंविधान, ऐनकानुन अध्ययन गरेर नयाँ कानुन बनाउछौ : मन्त्री अर्याल
Next Article धौलागिरीले दियो पवित्रालाई छात्रबृत्ती