म्याग्दीको बेनीमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगिता मंगलबार बाट शुरु भएको छ । प्रतिनिधि सभा संसद भूपेन्द्र थापाले उद्घाट गरेको प्रतियोगितामा सहभागी उत्कृष्ट खेलाडीहरुले २६ र २७ गते पोखरामा हुने गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद भूपेन्द्र थापाले स्थानीय तहले खेलाडी पठाउँदै गर्दा अपनत्व नलिएको जस्तो देखिएको बताएका थिए । उनले खेल र खेलाडीको पक्षमा सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।
प्रतियागिताको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, गण्डकी प्रदेशका संसद बिनोद के.सी.लगायतले मन्तव्य राखेका थिए भने जिल्ला उसु संघ म्याग्दीका कार्यवाहक अध्यक्ष अमृत बास्कुनेले सञ्चालन गरेका थिए ।
संघिय संरचना अनुसार सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छ वटा स्थानिय तहका खेलाडीहरु सहभागि भएका छन् ।
मंगलबार भएको खेलमा १०० मिटर छात्रा तर्फ बेनी नगरपालिकाकी आइसा केसी पहिलो, रघुगंगा गाउँपालिकाकी रुविना कार्की दोश्रो र अन्नपुर्ण गाउँपालिकाकी प्रविना तिलिजा तेश्रो भएका छन् । त्यस्तै ४०० गुण ४ रिले छात्रा तर्फ बेनी नगरपालिका पहिलो मालिका गाउँपालिका दोश्रो र अन्नपुर्ण गाउँपालिकाले तेश्रो स्थान हात पारेका छन् । छात्रा तर्फ भने बेनी नगरपालिकाले पहिलो र दोश्रो स्थान हासिल गर्दा मंगला गाउँपालिकाले तेश्रो स्थान हात पारको छ ।
त्यसैगरी छात्र ज्याबलिन थ्रो तर्फ अन्नपुर्ण गाउँपालिकाका मेखबहादुर खोरजा पहिलो, बेनी नगरपालिकाका हिमाल छन्त्याल दोश्रो र रघुगंगा गाउँपालिकाका मेखबहादुर खत्रीले तेश्रो स्थान हासिल गरेका छन् । छात्रा तर्फ बेनी नगरपालिकाकी इन्दीरा केसी पहिलो, रघुगंगा गाउँपालिकाकी चाहना जिसी दोश्रो र धौलागिरी गाउँपालिकाकी मनिषा भण्डारीले तेश्रो स्थान हासिल गरे । त्यसैगरी ८०० मिटर दौडमा बेनी नगरपालिकाका गणेश क्षेत्री पहिलो र आर्या खत्री दोश्रो भए भने रघुगंगा गाउँपालिकाका तोपेन्द्र मल्लले तेश्रो स्थान हासिल गरेका छन् भने छात्रा तर्फ बनेी नगरपालिकाकी सरु साही पहिलो, धौलागिरी गाउापालिकाकी मनिषा खत्री दोश्रो र बेनी नगरपालिकाकी संगिता घिमिरेले तेश्रो स्थान हासिल गरे ।
त्यसैगरी १०० गुणा ४ रिले तर्फ बेनी नगरपालिका पहिलो र दोश्रो स्थान हासिल गरेको छ भने मंगला गाउँपालिकाको छात्र टिमले तेश्रो स्थान हासिल गरेका छन् भने छात्रा तर्फ पहिलो र दोश्रो स्थान बेनी नगरपालिकाले हात पारेको छ भने रघुगंगा गाउँपालिकाले तेश्रो स्थान हासिल गरेको छ ।
सटपुट छात्र तर्फ बेनी नगरपालिकाका सागर परियार पहिलो, रघुगंगा गाउँपालिकाका अर्जुन रोका दोश्रो र बेनी नगरपालिकाका मनिष श्रेष्ठले तेश्रो स्थान हात पारेका छन् भने छात्रा तर्फ
लङजम्प तर्फ छात्र पहिलो र दोश्रो स्थान बेनी नगरपालिकाले हात पार्दा मलिका गाउँपालिकाले तेश्रो स्थानमा कब्जा जमायो । छात्रा तर्फ बेनी नगरपालिकाकी आइसा केसी पहिलो अन्नपुर्ण गाउँपालिकाकी प्रविना तिलिजा दोश्रो र अन्नपुर्णकै रेखा शेरपुञ्जाले तेश्रो स्थान हासिल गरेका छन् ।
त्यस्तै २०० मिटर दौड छात्र तर्फ बेनी नगरपालिकाका तेजीन घर्ती पहिलो र बिजय छिनाल दोश्रो भए भने मालिका गाउँपालिकाका दुर्गा भण्डारीले तेश्रो स्थान हासिल गरे ।
त्रिपल जम्प तर्फ बेनी नगरपालिकाका सुजन छिनाल पहिलो, इश्वर सेञ्चुरी दोश्रो तथा मंगला गाउँपालिकाका किरण थापाले तेश्रो स्थान हात पारे । छात्रा तर्फ बेनीकी आइसा केसी पहिलो रघुगंगाकी अञ्जना शर्मा दोश्रो र बेनीकी कुशुम सुनार तेश्रो भए ।
त्यसैगरी १०० मिटर दौड छात्र तर्फ बेनीका सुजन छिनाल पहिलो, मनिष श्रेष्ठ दोश्रो र अन्नपुर्णका सन्दिप परियार तेश्रो भएका छन् ।
त्यस्तै १५०० मिटर दौडमा बेनीका आर्य खत्री पहिलो, बिजय पुन दोश्रो र मालिकाका सुजन घर्तिले तेश्रो स्थान हासिल गरेका छन् भने छात्रा तर्फ बेनीकी रमिला खत्री पहिलो, मंगलाकी एन्जीला खत्री दोश्रो र रघुगंगाकी करुणा भण्डारीले तेश्रो स्थान हात पारे ।
त्यस्तै तेक्वान्दो तर्फ ४५ केजी तौल समूहमा विशाल परियार पहिलो, ४८ केजीमा कनक प्रधान र ५१ केजी तौल समूहमा सज्जन बोहोराले स्वर्ण पदक जितेका छन् । भने छात्रा तर्फ ४२ केजीमा सविना उचैमगर ४४ केजीमा रश्मी जिसी र ४६ केजी तौल समूहमा रश्मी श्रेष्ठले स्वर्ण पदक हात पार्दै प्रदेश स्तरीय खेलका लागि छनौट भएका छन् ।
उसु तर्फ छाङ छ्वान तर्फ समिर किसान र प्रमिशा बानियाँ, नान छ्वान तर्फ जिदान पुर्जा र पवित्रा शाही एवम् ताइची छ्वान तर्फ सज्जन कार्की र पार्वती किसानले स्वर्ण पदक हात पारेका छन् । अन्य खेलहरु बुधबार बिहानै हुने र बुधबारै सबै खेलाडी सहितको टोली पोखरा प्रस्थान गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मले बताए ।