सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा रमेश सिललालाई नियुक्त गरेको छ । शिलवाललाई निकै ठूलो जिम्मेवारी पनि दिएको छ । उनले पाएको जिम्मेवारी भनेको कार्यकाल सम्हालेको छ महिना भित्रै दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता सागको सफ आयोजना गर्नु नै हो । दक्षिण एसियाली खेलकुदको महाकुम्भमा नेपालको आफ्नो प्रदर्शन पनि मुख्य चुनौती हो । असार ९ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशब बिष्टको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा शिलवाललाई मन्त्रीपरीषद्को निर्णय पछि नियुक्त गरेर सोमबार पदभार समेत ग्रहण गराइएको छ । पदभार ग्रहण पछि शिलवालले आफू जागिर खान नभएर काम गर्न आएको प्रतिकृया दिएका छन् भने उनले आफूले साग सम्पन्न गर्ने चुनौतीपूर्ण जिम्मेवारीलाई स्वीकार गरेको प्रतिकृया दिएका छन् ।
प्रधानमन्त्रीले आफ्नै अग्रसरतामा खेलकुद परिषद्को नेतृत्वमा अएका शिलवाललाई अवसर भन्दा पनि धेरै चुनौती छ । पहिलो चुनौती भनेको साग सम्पन्न गर्नु हो भने सागमा पाउने पदक पनि उनको प्रतिष्ठा सँग जोडीन्छनै । पछिल्लो समय अधोगती लाग्दै आएको खेलकुद क्षेत्रलाई जोगाउदै उकास्ने उनका लागि पहिलो चुनौती हो । मार्सलआर्टमा उत्कृष्ट मानिने नेपाल अहिले निकै तल पुगी सकेको छ । तेक्वान्दो, कराँते तथा उसु लगायतका मार्सलआर्ट विधामा पाउने पदक अहिले न्यून बन्दै गएको छ । एकल प्रतिस्पर्धाको विधामा सामान्य देखिए पनि टिमगेमा निकै कमजोर बन्दै गएको छ नेपाल । वर्तमान प्रहरी प्रमुखकै अग्रसरतामा खेल मिलेमतोको आरोपमा राष्ट्रिय फुटबल टिमका कप्तान सहित पाँच जना समातिए पछि केही सुधार भएको फुटबल अझै पनि सन्तोषजनक रुपमा अगाडी बढ्न सकेको छैन । राष्ट्रिय खेलकुदको मान्यता पाएको भलिबलको अवस्ता पनि उस्तै छ । एथलेटिक्स पनि कमजोर अवस्थामै छ ।
काठमाडौको गोल्डेन गेट कलेजका सञ्चालक सिलवाल मदनभण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष हुन् भने क्रिकेट संघ क्यानलाई पनि मिलाउनका लागि प्रयासगरेका थिए । प्रधानमन्त्री ओलीका विश्वासपात्र रहेका शिलवालले सरकारले दिएको जिम्मेवारी पुरा गर्दै खेल क्षेत्रमा सुधार गर्ने निकै ठूलो जिम्मेवारी छ । खेलकुदमा रहेका प्रशिक्षकहरुलाई खटाउनुका साथै उनीहरुको प्रशिक्षण बाट कति खेलाडीहरु उत्पादन भए र पदक कति भित्रियो भन्ने लेखा जोखा राख्ने पनि चुनौती छ । अहिले सम्म २५ वर्ष देखि डेरा जमाएर बसेका प्रशिक्षकहरुलाई काम प्रति जिम्मेवार वनाउँदै उत्कृष्ठ खेलाडी उत्पादनलाई जोड दिन पर्ने देखिन्छ । त्यसैले सम्भावना र चुनौती रहेको समयमा जिम्मेवारी पाएका शिलवालले आफ्नो क्षमता कहिले र कस्तो देखाउलान् त्यो भने हेर्न पर्छ ।
Previous Articleपाँचौं नगरसभाबाट ५३ करोड बजेट पारित
Next Article पाँचौं राष्ट्रपति रनिङ शिल्ड शुरु