कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएको तनावपूर्र्ण खेलमा अर्जेन्टिनाले चिलीलाई हराएको छ र कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ ।
आइतबार विहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा सर्जियो अग्युरो र पाउल डिबलाले गोल गर्दा चिलीका लागि अर्टुरो भिडालले पेनाल्टीमार्फत गोल गरेका थिए ।