म्याग्दीमा मङ्गलबार साँझ म्याग्दीखोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन् । बेनी नगरपालिका–२, दुधेखोलास्थित म्याग्दीखोला किनारमा भाँडाकुटी खेल्ने क्रममा खोलाले बगाउँदा दुईजना बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बागलुङ जिल्ला घरभई हाल बेनी–२, दुधेखोला डेरा गरी बस्ने डम्बर काउचाको छोरा ८ वर्षीय डेबिट काउचा र बेनी–३, हल्लेगौंडाका मनबहादुर रोकाको ८ वर्षीय छोरा प्रदीप रोका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।
अन्दाजी ५ बजेको समयमा खोलाले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी कार्यालयबाट उद्दार टोली घटनास्थल पुगेर खोजतलास गर्दा पनि हालसम्म फेला नपरेको प्रहरी निरीक्षक देवकोटाले बताउनुभयो । अभिभावकको हेलचेक्र्यार्इँ, खोलामा पौडी खेल्न जाने, माछा मार्ने जस्ता क्रियाकलापका कारण पछिल्लो समय घटनाहरु बढ्दै गैरहेका छन् ।
Previous Articleआइफा १९ विवाद संसदको अन्तर्राष्ट्रिय समितिमा प्रवेश
Next Article रुप्से दैनिक ! १८ असार २०७६