बेनी नगरपालिकाको जेठ ३ गते बसेको कार्यपालिका बैठकमा भएको सामान्य विवाद पछि नेपाली कांग्रेसका सचिव समेत रहेका मेयर हरिकुमार श्रेष्ठले झिकेको विवाद अहिले आएर समाधान भएको छ।
दुइ पक्षीय र सर्वपक्षीय हुँदै बैठक हुदै जाँदा पनि सहमती नजुटीरहेको अवस्थामा उच्च अदालत पोखराको बागलुङ इजालसमा मेयरले निर्णय कार्यान्वयन नगर्नका लागि भन्दै मुद्दा दायर गरेका थिए । तर त्यो मुद्दामा सुनुवाई गर्दै गत २९ जेठमा दिएको अन्तरीम आदेशलाई असार १२ गते स्थगित गरेसँगै नैतिकरुपमा समेत मेयरलाई दवाव भै रहेको अवस्थामा असार १४ गते नेपका जिल्ला कमिटी म्याग्दी र नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको नेतृत्वले नै विवाद समाधान गरेका छन् ।
के के भयो त सहमती
१. आइतबारको विशेष नगरसभालाई ५ औं नगरसभामा रुपान्तरण गर्ने, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रकृयामा लैजाने र सन्तुलित प्रस्तुती ।
२. गत जेठ ३ गतेको कार्यपालिकाको बैठकको निर्णयमा केही प्रस्ताव थप गर्ने, जनशक्ति व्यवस्थापनका लागि आधार तय गर्ने ।
३. नीति तथा कार्यक्रम, वडास्तरबाट टनौट भएका योजनाहरुलाई आधार बनाएर अगाडी बढ्ने । नेकपा र कांग्रेस नेतृत्वबीच भएको सहमतीलाई आफ्नो माध्यमबाट पार्टीमा सर्कुलर गर्ने ।
४. अदालती प्रकृयालाई मिलापत्र गर्ने ।
५. नगरको बिकासमा सहमार्य गरी अगाडी बढ्ने ।
दुवै पक्षले पाना गर्ने गरी हस्ताक्षर भएको बेनी नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले बताए । विगतको तिक्ततालाई छाडेर सहमती पूर्वक अगाडी बढ्ने पक्षमा एक मत भएको उनले बताए । विश्वकर्माले भने विगत के भयो भन्दा पनि अब बेनी नगरपालिकालाई कसरी अगाडी बढाउने भन्ने विषयमा हामी केन्द्रीत छौं ।
सहमती जुट्यो बेनी नगरपालिकामा, १५ गते ५ औं नगरसभा
Previous Articleवैदेशिक रोजगारी छाडेर गाउँमै तरकारी खेती
Next Article रुप्से दैनिक ! १० असार २०७६