म्याग्दी जिल्लाका ६ वटै स्थानीय तहका दलित अगुवा र दलित जनप्रतिनिधिहरुको बृहत भेलाले दलित विकास समिति म्याग्दी गठन गरेको छ । रघुगंगा गाउँपालिका–२, बैंसरीमा सम्पन्न भेलाबाट म्याग्दी जिल्लामा दलित समुदायको समग्र विकासका लागि याम किसानको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको उपसंयोजकमा मनकुमारी वि.क., सदस्यहरुमा पृथलाल विक, रासबहादुर विक, थमन विक, भरत हर्मेल, नरबहादुर विक, गिरीप्रसाद बोहोरा, सम्मर मिजार, यामबहादुर विक, सम्झना परियार, टेकबहादुर विक, तोयाराम परियार, सुस्मा सेन्चुरी र सिर्जना श्रीपाली रहेका छन् ।
दलित अगुवा बलबहादुर विकको अध्यक्षतामा सम्पन्न भेलामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विकले दलित समुदायको समग्र विकासका लागि राजनैतिक, आर्थिक रुपमा सक्षम हुनुपर्ने र दलितका समस्या समाधान गर्न दलित विकास समिति म्याग्दी कोसेढुङ्गा सावित हुने बताएका थिए । कार्यक्रममा याम किसानले म्याग्दीका दलित समुदायको विकासका लागि आधारपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दलित युवा सञ्जालका अध्यक्ष पुष्कर विक, नेपाली कांग्रेस जिल्ला सदस्य मनकुमारी वि.क., राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विक, राप्रपा संयुक्तका बलबहादुर विक, जनप्रतिनिधि सरु श्रीपाली, सम्झना परियार, तोरन परियार, थमबहादुर विक, मोना कतारका सदस्य गमबहादुर सेन्चुरी, वुद्धि विकास माविका प्रअ जगबहादुर किसान र दलित समाजकल्याण संघका अध्यक्ष बालकुमार लामिछानेले मन्तव्य राखेका थिए ।
सुवास विकको अध्यक्षता र सुस्मा सेन्चुरीको स्वागतमा सम्पन्न कार्यक्रममा दलित समुदायको हक तथा अधिकारसम्बन्धी १५ बुँदे बैंसरी घोषणापत्र जारी गरिएको छ ।
Previous Articleरुप्से दैनिक ! ०९ असार २०७६
Next Article मालिकाको नीति तथा कार्यक्रम प्रस्तुत