म्याग्दीमा शनिबार साँझ लागूऔषधसहित ६ जना युवायुवती पक्राउ परेका छन् । बेनी नगरपालिकास्थित सार्वजनिक सडकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले दुई युवतीसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रघुगंगा गाउँपालिका–१, बेगखोलाका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८, न्युरोड बस्ने २३ वर्षीया रेजिना श्रेष्ठ, मंगला–३, बराङ्जाका २२ वर्षीया सीता केसी, बेनी–९, गलेश्वरका २१ वर्षीय राजकुमार शेरपुञ्जा, बेनी–८, का २८ वर्षीय विजय बानियाँ र रघुगंगा–६, पाखापानी घरभई हाल बेनी–७, मंगलाघाट बस्ने २० वर्षीय प्रवीण छन्त्याल रहेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताए ।
उनीहरुको साथबाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद गरिएको छ भने आरोपितहरुलाई आइतबार जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
Previous Articleबिजि सफ्टवेयर सम्बन्धी सेमीनार
Next Article म्याग्दी उवासंघले हितकोषबाट ७५ हजार सहयोग