चितवनको भरतपुरमा बिजि एकाउण्टीङ सफ्टवेयर सम्बन्धी एक सेमीनार सम्पन्न भएको छ । बिजि एकाउण्टीङ सफ्टवेयरको लागि नेपालको आधिकारीक बिक्रेता ट्याली ट्रेनिङ सेन्टरको आयोजनामा भएको सेमिनारमा भरतपुर क्षेत्रका ३० जनाको उपस्थिति रहेको थियो ।
चार्टर एकाउन्टेन्ट, अडीटर तथा लेखापालहरुकाे सहभागीता रहेको उक्त सेमीनारमा बिजि एकाउण्टीङ सफ्टवेयर के हाे र यसको प्रयोगले हाम्रो हिसाब कसरी व्यवस्थीत हुन्छ भन्ने बारेमा जानकारी गराइएको थियो । लेखक तथा बिजि एकाउण्टीङ सफ्टवेयरका बिज्ञ भरत कपालीले बिजि एकाउण्टीङ सफ्टवेयर र यसको प्रयोगबाट हुने पाइदाका बारेमा प्रशिक्षण दिएका थिए ।
भिमन कार्कीको संयोजनमा सेमिनार आयोजना भएको भि ग्रुप चितवनका बिपिन कँडेलले बताए । कार्यक्रमको सञ्चालन ट्याली ट्रेनिङ सेन्टर चिवनका सञ्चालक माधव न्यौपानेले गरेका थिए । बिजि एकाउण्टीङ सफ्टवेयर चितवनमा ट्याली ट्रेनिङ सेन्टरले बिक्री गर्ने गरेको छ भने धौलागिरी अञ्चल क्षेत्रमा अमृत बास्कुनेले यसको व्यवस्थापन गर्ने गरेको बिजि एकाउण्टीङ सफ्टवेयर बिज्ञ भरत कपालीले बताए ।