दक्षिण कोरियाको एक एनजीओले उत्तर कोरियामा सार्वजनिक रुपमा मृत्युदण्ड दिनका लागि प्रयोग हुने ३ सय १८ स्थान पहिचान भएको दाबी गरेको छ ।
यो एनजिओले आफ्नो यो रिपोर्ट तयार पार्नका लागि देश छोडिसकेका चार वर्षसम्म ६ सय १० जनासँग कुरा गरेको छ ।
उक्त रिपोर्टमा दशकौंदेखि हुँदै आएको मृत्युदण्डको विवरण छ । दक्षिण कोरियाली टिभी हेर्नेहरुदेखि गाई चोरेकालाई सम्म मृत्युदण्ड दिइएको बताइएको छ ।
एनजिओले नदी, मैदान, बजार, स्कूल र खेल मैदानजस्ता स्थानमा सार्वजनिक रुपमा मृत्युदण्ड दिइने गरेको दाबी गरेको छ ।
एनजिओले आफ्नो रिपोर्टमा यस्तो हत्या हेर्नका लागि एक हजार बढी भीड जम्मा हुने गरेको जानकारी दिएको छ ।
रिपोर्टमा दाबी गरिए अनुसार दोषी व्यक्तिको परिवार र बच्चालाई समेत हत्या हेर्न बाध्य बनाइन्छ ।
मृत्युदण्ड दिएपछि शवलाई परिवारको जिम्मा पनि लगाइन्नँ ।
रिपोर्टका अनुसार मृत्युदण्डको सजाय पाउनेमध्ये सबैभन्दा कम उमेरका व्यक्ति सात वर्षका बालक थिए ।
सार्वजनिक मृत्युदण्ड जेल र श्रमिक शिविरमा पनि दिइने बताइएको छ ।
देश छोडिसकेका एक व्यक्तिले दिएको जानकारी अनुसार सन् २००० को सुरुवातमा एक श्रमिक शिविरमा चीन भाग्न प्रयास गर्ने तीन महिलाको हत्या हेर्नका लागि ८० कैदीलाई बाध्य बनाइएको थियो ।
त्यतिबेला मन्त्रालयको सुरक्षा अधिकारीले भीडमाथि चिच्याउँदै यस्तो उनीहरुमाथि पनि हुनसक्ने चेतावनी दिएको उनले जानकारी दिए ।
रिपोर्टमा बताइए अनुसार यस्तो प्रकारको हत्या मानिसहरुमा डर पैदा गर्नका लागि गरिन्थ्यो ।
मानिसको समूहमा गोलीबारी र फाँसी
देश छोडिसकेका मानिसहरुका अनुसार धेरैजसो मृत्युदण्ड गोलीबारीमार्फत् दिइन्थ्यो । तीन बन्दुकधारीले तीन पटक दोषीमाथि गोली चालाउँथे ।
जतिसँग सोधपुछ गरियो तीमध्ये कतिले हत्यामा संलग्न व्यक्तिहरु नशाले मातिएको अवस्थामा हुने जानकारी दिएका छन् ।
एकजनाले भने, ‘यस्तो यसकारण गरिन्थ्यो किनभने कसैको ज्यान लिनु भावनात्मक रुपमा सजिलो हुँदैन ।’
हालैका वर्षमा सार्वजनिक मृत्युदण्डका कम मामला सार्वजनिक भए । यद्यपि, एनजिओका अनुसार उनीहरुको छाला पनि निकालिन्थ्यो ।
रिपोर्ट लेख्नेमध्ये एक एथन शिनले एएफपीलाई भने, ‘यस्तो लाग्छ कि सार्वजनिक मृत्युदण्डको सजायको संख्यामा अब गिरावट आएको छ तर प्योंगयांग अत्यधिक गोपनियकताका साथ यो काम जारी राख्न सक्छ ।’
अतितमा विभिन्न अधिकारीलाई पनि फाँसी दिइएको छ । सन् २०१३ मा किम जोंग उनका काकालाई देशद्रोहका लागि आलोचना गरिएको थियो ।
तर हत्याको खबर सुनिश्चित गर्न मुश्किल छ र केही हत्या गलत पनि साबित भएका छन् ।
सन् २०१३ मा उत्तर कोरियाकी लोकप्रिय गायिका ह्योन सोंग–उललाई सार्वजनिक मृत्युदण्ड दिइएको खबर सार्वजनिक भएकामे थियो ।
यो खबर दक्षिण कोरियाली पत्रिकाले छापेको थियो । तर सन् २०१८ मा उनलाई शीतकालीन ओलम्पिकमा देखियो ।