साविकको पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय ब्याडमिन्टन प्रतियोगिता बेनीमा शनिबार सम्पन्न भएको छ । दुई दिन चलेको प्रतियोगितामा साविकका पश्चिमाञ्चल विकास क्षेत्र र छिमेकी दुई जिल्ला गरि १८ जिल्लाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा एकल विधा तर्फ कास्कीका भूगोल गुरुङ पहिलो भएका छन् भने कास्कीकै विशाल खड्का दोश्रो र म्याग्दीका सुरेन्द्र हमाल र बागलुङका विवेक जि.सी.ले तेश्रो स्थान हासिल गर्दै क्रमशः १५ हजार, १० हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै डबल विधामा कास्कीका भूगोल गुरुङ र बिशाल खड्काको जोडीले प्रथम स्थान सहित नगद २० हजार हात पारे भने कास्कीकै सम्भू श्रेष्ठ र रोमन बानियाँको जोडीले दोश्रो स्थान सँगै नगद १० हजार हात पारेका छन् । तेश्रो हुने विवेक जिसी र सुरेन्द्र हमाल तथा राजन गुरुङ र सुजन श्रेष्ठको जोडीले नगद ८÷८ हजारका दरले नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र हात पारेका छन् ।
सोही प्रतियोगितामा भएको साविकको धौलागिरी अञ्चल स्तरीय डबलमा म्याग्दीका सनम बानियाँ र निरज भण्डारीको समूह पहिलो हुँदै २० हजार नगद प्राप्त गरे । त्यस्तै बागलुङका सूरेन्द्र बुढामगर र बलराम गौतमको समूह दोश्रो हुदै १२ हजार नगद पाए भने म्याग्दीका खड्ग के.सी. र सूरेन्द्र अधिकारी तथा अच्यूत गिरी र नारायण श्रेष्ठको जोडीले तेश्रो स्थान सहित नगद ८÷८ हजार प्राप्त गरे ।
त्यस्तै खुल्ला भेट्रान्स डबल तर्फ कास्कीका भूमि गुरुङ र राजेन्द्र गुरुङ पहिलो, बागलुङका निर्माण कुमार श्रेष्ठ र भूषण बैद्यको समूह दोश्रो र म्याग्दीका मुन्ना केसी र नारायण श्रेष्ठ तथा पर्वतका प्रेम गुरुङ र मधुसुधन पाण्डेको समूहले तेश्रो स्थान हासिल गर्दै क्रमशः २०, १५ र ४÷४ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी म्याग्दी जिल्ला अन्तर माध्यामिक विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिताको डबल तर्फ न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यामिक विद्यालयका आदित्य विश्वकर्मा र तेजीन घर्ति पहिलो भए भने बेनी बोर्डीङका अमन श्रेष्ठ र अनुपम श्रेष्ठ दोश्रो भए । छात्र एकल तर्फ न्यू वेष्ट प्वाइन्टका आदित्य विश्वकर्मा प्रथम र तेजीन घर्तीले दोश्रो स्थान हासिल गरे । छात्रा तर्फ माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयकी रचना थजाली पहिलो र बेनी बोर्डीङकी शुस्मा थापाले दोश्रो स्थान हासिल गरेका थिए ।
जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका संयोजक देवेन्द्र केसीले गरेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हिमाल कार्कीले बताए ।
Previous Articleदम्भको मारमा विश्व
Next Article लामाे स्ट्याटस लेख्दै धुर्मुसले किन मागे माफी ?