अहिले जुन सुकै स्थानमा पनि आ–आफ्नै दम्भको कारणले गर्दा समस्या सृजना भएको छ । कहिले कता कसको त कता तिर कसको दम्भले गर्दा निकै ठूला समस्या हुने गरेका छन् । पछिल्लो समय अमेरिकाको दम्भको कारणले गर्दा अहिले विश्वलाई नै समस्या हुने अवस्थामा पुगेको छ । चिनियाँ कम्पनि हुवावेको विश्व बजारमा उपस्थिति बढ्न थालेपछि अत्तालिएको अमेरिकाले हुवावे सँगै चिनिया कम्पनिलाई पनि प्रतिवन्ध लगाउने देखि कालोसूचिमा राख्ने काम गर्न थाले पछि विश्वमा यसैको कारणले गर्दा खतरनाक मोडमा पुग्ने अवस्था आएको छ । विश्वमा सबै भन्दा कम मूल्यमा उत्पादन गर्न सकिने स्थान भनेकै चीन हो । चिनियाँ मजदुरहरुबाट कम समयमा उत्कृष्ट सामान उत्पादन हुने भएकलो विश्वका अधिकांस कम्पनिहरुले चिनमै एसेम्बल गर्ने गरेका छन् ।
कमजोर अनि सामान्य अवस्थाबाट सुरु भएको चिनिया उत्पादन हुवावे अनि कोरियन कम्पनि सामसुङका उत्पादनहरु अहिले विश्वमा निकै खपत हुने ब्राण्ड मध्येका हुन् । विश्वको दोश्रो स्थान ओगट्न सफल हुवावेलाई प्रतिवन्ध लगाउँदै अमेरिकाले अफ्नो एप्पल कम्पनिको आइफोनलाइ बजारमा राज गराउने उद्देश्य लिएको छ । तर उसको उद्देश्य अनुरुप एप्पलले काम गर्न सकेको पक्कै छैन । हुन त एप्पलले पनि सबै सामग्री उत्पादन गर्ने चिनमा अनि अमेरिकामा बनेको भन्ने ट्याग हाल्ने काम मात्रै हो । हुवावेले आफ्नो एनड्रोइड सर्भिस अनि फाइभ जि प्रविधिमा उल्लेख्य रुपमा गरेको प्रगतिले सबैको टाउको दुखाई भएकोले अमेरिकाका रियलस्टेट व्यवसायी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टाउको दुख्नु स्वभाविक हो ।
जब अमेरिकाले चिनियाँ टेलिकम कम्पनि हुवावेलई लक्षित गरेर प्रतिवन्द तथा कालोसूचीमा राख्नुका साथै अविश्वसनिय कम्पनिको सूचि निकाल्यो त्यस लगत्तै चिनले नि त्यही प्रकृतिको काम थाले पछि विश्वर्लाइ नै तरङ्गीत बनाएको छ । चिनले ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामान माथि कर थप गर्ने निर्णयले अमेरिका चीन बिचको व्यापार युद्धले नयाँ गति लिने पक्का छन् । त्यसको असर नेपाल जस्ता धेरै राष्ट्रहरुलाई पर्ने पक्का छ । अमेरिकाले जुन कदम चालेको छ त्यही प्रवृत्तीको कदम चाल्न चीन पनि अगाडी आएकोले गर्दा अब ब्यापार युद्धले क–कसलाई कुन स्थानमा लगेर छाड्छ भन्न सक्ने अवस्था छैन । साँढेको जुधाईमा बाछाको मिचाई भने जस्तो चिन र अमेरिकाको लडाइका कारण नेपाल भुटान जस्ता साना अनि बिकासोन्मुख राष्ट्र मिचाईमा पर्ने पक्का छ ।
Previous Articleजगन्नाथ मन्दिरलाई प्लाष्टिकका कुर्सी सहयोग
Next Article सकियो ब्याडमिन्टन