विश्व सुर्तिजन्य पदार्थरहित दिवसको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन सम्मानित भएकी छिन् । जनताको स्वास्थ्यलाई मध्यनजर गरी नेपालमै पहिलोपटक प्रदेशस्तरमा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन जारी गरी कार्यान्वयनमा ल्याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै मन्त्री पुनलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेशमा सरकारी सुविधा कम लिने मन्त्रीको रुपमा समेत चिनिने पुनलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कारसहित नगद रु. ५० हजार रुपैयाँले सम्मान गरेको मन्त्रीका निजी सचिव चन्द्रमणि सापकोटाले जानकारी दिए ।
२०४१ सालमा तत्कालीन विद्यार्थी सङ्गठन अनेरास्ववियुको मंगला मावि बाबियाचौरमा प्रारम्भिक कमिटीको उपाध्यक्ष पदबाट विद्यार्थी राजनीतिमा होमिएकी पुनले २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । त्यसपछि पशुपंक्षी विकास राज्यमन्त्री बनेकी पुन जिल्लाको मंगला गाउँपालिका–१, कुहुँको भर्जुलाकी हुन् ।
Previous Articleदुरी सार्वजनिक
Next Article प्रधानमन्त्री कार्यालयको बजेट डेढ खर्ब किन घट्यो ?