हामीले विश्वभरमा सस्तो लगानीमा धेरै भन्दा धेरै फाइदा लिन सक्ने व्यवसायलाई नै प्रोत्साहन गर्ने र प्रयोग गर्ने तर्फ लाग्नै पर्छ । त्यो भनेको पर्यटन व्यवसाय हो । पर्यटन व्यवसाय यस्तो व्यवसाय हो जसका लागि प्रकृतिले दिएका चिजहरु नै पर्याप्त हुन्छन् । मानिस आफ्नो आत्मसन्तुष्टिका लागि लाखौं खर्चिन पनि पछि पर्दैनन् । त्यसको ज्वलन्त उदाहरण भनेको सगरमाथा लगायतका हिमाल आरोहणलाई पनि हेर्न सकिन्छ । किन भने त्यो आरोहणले अरु केही उपलब्धी भन्दा पनि हिमाल आरोहण गरीयो भनेर आफ्नो आत्मसन्तुष्टि सँगै आफ्ना फोरमहरुको नाम आउने भन्ने नामले पनि हो । तर हिमाल आरोहण कामै नलाग्ने भन्ने चाँही पटक्कै होइन । हाइअल्टीच्यूटमा बस्न सक्ने तथा त्यस्ता क्षेत्रमा पुग्न सकिने बानी पर्नका लागि पनि हिमाल आरोहण अब्बल उपाय हो । तर त्यही उपाय अपनाउँदै गर्दा कयौंले ज्यानै गुमाएको अवस्था पनि छ ।
आज मे २२ विश्व समुदायले आजको दिनलाई जैबिक विविधता दिवसका रुपमा मनाउँदै आएको छ । जैविक विविधताको महत्वदर्साउन यो दिवस मनाउन थालिएको हो । सन १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेनले जैविक विविधता महासन्धी अगाडी बढाउने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम सन १९९४ देखि २२ मे लाई जैविक विविधता दिवसका रुपमा मनाउन थालिएको हो । तर यसलाई संयुक्त राष्ट्रसंघले सन २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले समेत यो दिनलाई जैविक विविधता दिवसको रुपमा मनाउने निर्णय गरे सँगै विश्वले आजको दिनलाई भव्य रुपमा मनाउन थालेको छ ।
नेपालको कानुन अनुसार मान्ने हो भने जैविक विभिधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार ब्याख्या गरिदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगतप्रणालीको विविधता भन्ने बुझिन्छ । मानिस सामाजिक प्राणि मात्र नभएर स्वभावले नै विभिधता मनपराँउदछ चाहे जेसुकै कुरामा होस् । नयाँ साथी, ठाँउ, घर अनि खाना मनपर्दछ मानिसलाई । नयाँ कुराहरु गर्न रुचाँउदछ अनि नयाँपन विभिधताले गर्दा मात्र संभव छ । त्यसैले जैविक विविधताको हिसाबले हेर्ने हो भने नेपाल विश्वमै अग्र पंक्तिमा आउँछ । त्यसैले हाम्रो विविधतालाई जोगाई राख्दै अगाडी बढ्नका लागि आजको दिवसले महत्वपूर्ण भूमिका खेल्छ नै । हामीले जैविक विविधतालई जोगाइ राखेको खण्डमा दिर्घकालिन पर्यटन सम्भव हुने भएकाले यसतर्फ सबैले ध्यान दिनै पर्छ । जैविक विविधता दिवसको शुभकामना ।
Previous Articleनेकपाको वडा कमिटीलाई शपथग्रहण
Next Article लिङ्गो जुधाई प्रतियोगितामा कान्छी गाउँ विजय