दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स–२०७६ को जिल्ला स्तरीय छनौट प्रतियोगिता अन्तरगत एथलेटिक्स तर्फका १० जना खेलाडीहरु बुधबार छनौट भएका छन् ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको जिल्ला स्तरीय छनौटबाट पाँच विधाका लागि छात्रछात्रा खेलाडी छनौट भएको कार्यालय जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राईले बताए । उनका अनुसार १०० मिटर दौडमा छात्र तर्फ बालमन्दीर आधारभूत विद्यालयका सनम बिक र छात्रा तर्फ माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयका श्रीया रोका छनौट भएकी छिन् ।
त्यस्तै २०० मिटर दौडमा छात्र तर्फ माउण्ट एभरेष्ट आमाविका रोहन विक र श्रीया रोका छनौट भएका छन् । हाइजम्पमा छात्र तर्फ माउण्टका विनोद गोतामे र छात्रा तर्फ न्यू वेष्ट प्वाइन्ट आवासिय माविका सजनी शर्मा छनौट भएकी छिन् ।
लङजम्पमा छात्र तर्फ माउण्टका रोहन विक र छात्रा तर्फ बेनी बोर्डीङका सुनिसा छन्त्याल छानिएको कार्यालय प्रमुख राईले बताए । त्यसैगरी त्रिपलजम्प तर्फ माउटका रोहन विक र वेष्ट प्वाइन्ट आवासिय माविकी एलिजा खत्री चयन भएकी छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद एवम् जिल्ला खेलकुद विकास समिति म्याग्दीका निवर्तमान अध्यक्ष विनोद के.सी.ले खेलकुद क्षेत्रको विकासमा प्रदेशले पनि योजना बनाएर लाग्ने बताए । उनले खेल क्षेत्रका विकासका लागि चिल्ड्रेन गेम कोशेढुंगा हुने बताए । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले मन्तव्य राखेका थिए ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले आगामी दिनमा उपराष्ट्रपति कपलाई विस्तारीत एवम् अझै उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका थिए ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला उसु संघ म्याग्दीका कार्यवाहक अध्यक्ष अमृत बास्कुनेको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleरुप्से दैनिक ! ०८ जेठ २०७६
Next Article म्याग्दीमा स्थानीय तहस्तरीय बालसञ्जाल गठन सुरु