पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा दलित जनप्रतिनिधि र दलित अगुवाबीच दलित सचेतनासम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा पालिकास्तरिय दलित सञ्चालनको आयोजनामा आइतबारदेखि कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं ६ का अध्यक्ष सन्तोष सुवेदीले सबै जातजाति समान भएकाले समाजमा ठूलो सानो भनेर विभेद गर्न नहुने बताउँदै दलितको अधिकारका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । यसैगरी वडा नं ६ का अध्यक्ष सुविन जुग्जालीले परम्परादेखि नै समाजमा दलितमाथि विभेद हुने गरेको बताउँदै समाज विभेदमुक्त हुन सबैमा शैक्षिक चेतना हुन आवश्यक भएको बताए ।
कार्यक्रममा दलित संघर्ष समितिका जिल्ला संयोजक बलबहादुर विश्वकर्माले नेपालमा दलित समुदायको सङ्ख्या बढी भए पनि राज्यको हरेक निकायमा न्युन उपस्थिति रहेको बताए । राज्यको हरेक परिवर्तनमा दलित समुदायको ठूलो योगदान रहेपनि राज्यले दलितमाथि नै विभेद गर्ने गरेको उनले गुनासो गरे ।
कार्यक्रम सञ्चालन समिति संयोजक छवि विश्वकर्माको अध्यक्षता, पविना विकको स्वागत र दलित कार्यक्रम सञ्चालन समिति सदस्य भविन्द्र नेपालीको सञ्चालनमा उद्घाटन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
Previous Articleशैक्षिक महोत्सव सञ्चालन गर्दै जामुनाखर्क मावि
Next Article तीनवटा स्थानीय तहका जनप्रतिनिधिबीच अन्तत्र्रिmया