बागलुङ, १६ कात्तिक – तिहार प्रयोगले शरीरलाई कस्तो प्रभाव पार्छ ? भाइमसलाका केही फाइदा यस्ता छन्-
१. काजुः भिटामिन तथा मिनरल्सले भरिपूर्ण काजु भाइमसलामा प्रयोग हुने प्रमुख मसला हो । यसले क्यान्सर रोग विरुद्ध लड्न तागत दिनुका साथै उच्च रक्तचाप कम गर्न मद्दत गर्छ ।
त्यस्तै दिनहुँ काजु खानाले हड्डीहरुलाई मजबुद बनाउँछ । यसमा भएको एन्टी अक्सिडेन्ट तत्वले मुटुमा रोग लाग्नबाट बचाउनुका साथै रगतमा कोलस्टोरको मात्रा कम गर्न मद्दत गर्दछ ।
सातामा एक पाउ काजु खानाले महिलाहरुमा हुने पित्तथैलीको पथ्थरीको जोखिमलाई २५ प्रतिशतले कम गर्नुका साथै यसलाई दुई चम्चा बटरसित मिसाएर खाएमा महिलाहरुको पित्तथैलीमा पथ्थरी हुन दिँदैन ।
२. ओख्खरः प्रोटिन, फाइबर, ओमेगा-३ फ्याट, कपर, मयाग्नेसियम लगायतका विभिन्न भिटामिन तथा मिनरल्सयुक्त ओखर भाइमसलामा नभई नहुने चिज हो । दिनमा सय ग्राम ओख्खर खानाले त्यसमा भएको एन्टी एजिङ्ग तत्वले तपाईलाई बढ्यौलीपनाबाट जोगाउनुका साथै, क्यान्सरविरुद्ध लड्न मद्दत गर्छ । ओख्खरमा भएको एमिनो एसिडले मुटुलाई हृदयाघात हुनबाट जोगाउनुका साथै अतिरिक्त तौल घटाउन समेत मद्दत गर्छ ।
ओख्खरमा ओमेगा-३ फ्याट्टी एसिड, भिटामिन ई, मेलाटोनिन पाइने हुदाँ यसले दिमागी विकास गर्न मद्दत गर्दछ । दिनमा एक तिहाई कप ओख्खरको सेवनले मधुमेहका विरामीलाई फास्टिङ्ग सुगर लेभलमासमेत कमी ल्याउने गर्दछ । जसको असर पहिलो तीन महिनामै प्राप्त गर्न सकिन्छ ।
३. बदामः बदाममा पर्याप्त मात्रामा फ्याट पाइनुका साथै फाइबर, प्रोटिन, म्याग्नेसियम तथा भटामिन ‘ई’ भरपुर मात्रामा पाइन्छ । यसले रक्तचाप नियन्त्रण गर्न, कोलेस्ट्रोरको मात्रा कम गर्न समेत फाइदा पुर्याउँछ ।
बदामको सेवनले भोक कम गरी तौल नियन्त्रण गर्न सघाउ पुर्याउँछ । त्यस्तै, यसमा हुने एन्टी अक्सिडेन्ट तत्वले छालालाई राम्रो बनाउनुका साथै छाला चाउरी पर्न दिँदैन । यसले शरीरका हड्डी तथा दाँतलाई समेत मजबुत बनाउँछ ।
४. दाखः भाइमसलामा छुटाउनै नहुने अर्को मसला हो, दाख । यो भिटामिन डी, आइरन तथा पोटासिमले भरिपूर्ण हुन्छ । एक मुठ्ठी दाख स्न्याक्सका रुपमा खानाले तपाईको शरीरले चाहेजति भिटामिन प्राप्त गर्दछ । भिटामिन बाहेक कावोहाइडे्रटस्ले भरिपूर्ण दाख शक्तिको प्रदान गर्ने अर्को माध्यम हो । यसले कब्जियतबाट शरीरलाई आराम दिनुका साथै रक्तअल्पता, ज्वरो तथा आँखा सम्बन्धी रोगमासमेत फाइदा पुर्याउने गर्दछ ।