विदेशी नागरिकको मृत्यु : मुस्ताङ जिल्लाको लो-घेकर दामोदरकुण्ड गाउँपालिका- ४ स्थित सारेबुङ भन्ने स्थानमा भ्रमणको लागि आएका अन्दाजी वर्ष ६८ को इटालियन नागरिक MARCO ROCCUFRANCUFCO MORELIO (पुरुष) बिरामी भएको भन्ने खबर प्राप्त भए पश्चात समिट एयरको हेलीकप्टर उद्धारको लागि आएकोमा खराब मौसमको कारण जिल्लाको लो-घेकर दामोदरकुण्ड जान आज मिति २०७६।०१।२७ गते बिहान ०७:४५ बजेको समयमा उक्त स्थानमा पुग्दा निजको मृत्यु भईसकेकोले मृत शव सोही हलिकप्टर द्धारा जोमसोम एयरपोर्ट ल्याईएको छ । प्रहरी टोलीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
रुखबाट लडी घाईते : स्याङ्जाको पुतली बजार नगरपालिका- १४ सानी बैदी बस्ने वर्ष ५५।५६ को दिर्घ हमाल आफ्नै खेत नजिक काफलको रुखमा चढी काफल टिप्ने क्रममा अचानक रुखबाट खसी घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरा ल्याईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
रुखबाट लडी घाईते: गल्याङ नगरपालिका- ६ कटुवा बस्ने वर्ष ५६ को लोक नारायण तिवारी आफ्नै बारीमा रहेको खनियाँको बोटमा घाँस काट्ने क्रममा अचानक रुखबाट खसी घाईते भई उपचारको लागि मिशन अस्पताल पाल्पा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
सवारी दुर्घटना १ जना घाईते : नवलपुरको गैंडाकोट नगरपालिका-५ विजयचोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बा ७४ प २६६३ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्न लागेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार सोही ठाउँ बस्ने वर्ष ६२ को नारायण पंगेनी घाईते भई उपचारको लागि चितवन स्थित नयाँ मेडिकल कलेजमा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
शव फेला :तनहुँकोभानु नगरपालिका-१० बस्ने वर्ष ५६ को बद्रि बहादुर बुईँडे बन्दिपुर गाउँपालिका -४ बन्दिपुर स्थित अस्पतालबाट हराएकोमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खोजतलासको लागि खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा मिति २०७६।०१।२७ गते बन्दिपुर गाउँपालिका -४ स्थित सहिद स्मारिका पछाडिको भिरमा मृत अवस्थामा फेला पारी घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।