मुस्लिम धर्मावलम्बीहरूको एक महिना चल्ने महान् पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार (रोजा) बस्ने गर्दछन ।
बिहान सूर्योदय हुनु भन्दा करिब दुई घण्टा अगाडि केही खानेकुरा खाई रोजा सुरु गर्ने गरिन्छ र बेलुका घाम अस्ताए पछी मात्र पुन खाना खाने गरिन्छ ।
यो महिनामा विधिपूर्वक व्रत बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहेको छ । यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ ।
मुस्लिम धर्ममा रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् ।
रमजानमा ३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।