नेपाल सरकारले आगामी वर्ष अर्थात सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै गर्दा त्यसको दुरगामी प्रभाव अनि आफ्नो क्षेत्रमा के कसरी फाइदा लिन सकिन्छ भन्ने तर्फ पनि सबै लाग्नु पर्ने हो र लागेकै छन् । यसै शिलशिलामा गत वर्ष वि.सं. २०७५ लाई म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी भ्रमण वर्षको रुपमा मनायो भने अन्य जिल्लाहरुमा पनि त्यो क्रम रह्यो नै । कैलाली जिल्लाले पनि कैलाली भ्रमण वर्षका रुपमा २०७५ लाई मनायो । म्याग्दी भ्रमण वर्षको उद्घाटन गरेको पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनुपूर्व अधिकारी पर्यटन प्रवद्र्धन र दिगो विकास तथा कसरी पर्यटक नेपाल भिœयाउन सकिन्छ भन्ने तर्फ नै लागि परेका थिए । उनको भिजन र मिसनलाई सार्थक पार्नका लागि नेपाल सरकारले रविन्द्रले घोषणा गरेको भिजिट नेपाल २०२०लाई सफल पार्न तर्फ नै लागेकै छ ।
म्याग्दी भ्रमण वर्ष सकिएको भए पनि औपचारीक समापन भएको छैन । तर पनि सन २०१९ लाई गण्डकी प्रदेश भ्रमण वर्ष र सन २०२० नेपाल भ्रमण वर्ष भएको कारणले पनि यसलाई समापन गर्ने तर्फ नसोचेको होला भनेर अड्कल काट्नका लागि समस्या साहेदै होला । अहिले म्याग्दी जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रलाई पर्यापर्यटनको रुपमा अगाडी बढाउँदै पर्यटनलाई दिगो विकासको सूचकका रुपमा अगाडी बढाउन खोजिएको जुन प्रसंग छ त्यसलाई नकार्न मिल्दैन । नेपालमा वर्षेनी लाखौंको संख्यामा पर्यटकहरु आउने र अर्बौं रकम खर्च गरेर फर्कने गरेका छन् । त्यसैले उनीहरुलाई जति सक्यो धेरै भिœयाउँदै त्यत्तीकै मात्रामा विदेशी मुद्रा आर्जन गर्ने नेपाल सरकारको जुन लक्ष्य हो त्यसलाई पनि पर्यापर्यटनले निकै ठूलो टेवा पुग्ने छ ।
गण्डकी प्रदेश सरकारकै सहयोगमा पर्यापर्यटन कार्यक्रम लागु भए सँगै म्याग्दी जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा जंगलसफारी देखि लिएर अन्य विविध कार्यक्रमहरु हुनेछन् । त्यसले गर्दा स्थानिय मठमन्दीरको सरसफाइ तथा पुनःनिर्माण हुनुका साथै भौतिक पूर्वाधारहरुको पनि उचित तबरले व्यवस्थापन हुने छ । म्याग्दी जिल्ला भित्रका विभिन्न वन क्षेत्रमा लागुहुने उक्त कार्यक्रमपछि वन्यजन्तु अवलोकन, भ्यू टावर निर्माण, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनमा निकै ठूलो टेवा पुग्ने पक्का छ । त्यसैले पर्यटन विकासका लागि सबैले आ–आफ्नो स्थानबाट उचित सहयोग गर्नु नै उत्तम हुनेछ ।