लिलानाथ कोइराला
ओमन । १३० औ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस ओमनमा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमकाे आयाेजना प्रवासी नेपाली एकता मञ्चले गरेको थियो । गाला गार्डन्मा मजदुरको हकहितका अान्दोलनमा सहादत प्रात्त गर्ने ज्ञातअज्ञात सहिदहरुकाे सम्मानमा एक मिनेट मौनधारणबाट सुरु भएको कार्यक्रमकाे अध्यक्षता प्रवासी नेपाली एकता मञ्चका कार्यद्ल सदस्य महेश प्रसाद न्यौपाने गरेका थिए । कार्यक्रम संचालन प्रस्तावित केन्द्रीय सदस्य लिलानाथ काेईरालाले गरेका थिए । प्रमुख अतिथि एनअारएनका सचिव डिबि क्षेत्रीकाे रहेको थियो ।
अन्य अतिथिहरुमा अाेमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत ,बिबेकशिल नेपाली दलका अाेमनका संयाेजक जिबन कार्की ,नेपाली समाज अाेमनका महासचिव दिल ब. राेका,नेपाली महिला समुहकि महासचिव गाेमा थापामगर ,दलित एकता सन्जालकि उपाध्यक्ष बिमला सुनार,गुल्मी सेवा समाजका बरिस्ठ उपाध्यक्ष सुर्य पन्थी लगायतकाे उपस्थिति रहेको थियो ,स्वागत मन्तब्य प्रस्ताबित कोषाध्यक्ष हेमा श्रेष्ठले गरिन । मजदुर दिवसको संक्षिप्त शुभकामना दिनु प्रमुख अतिथि एन आर एन सचिव क्षेत्रीले धेरै मजदुरका हकअधिकार सुनिश्चित भएको धारणा राख्नु भयो त्यसैगरि अन्य संघसंस्थाका प्रतिनिधिहरुले नि मजदुर दिवसको शुभकामना साटासाट गरेका थिए,बाक्लो उपस्थिति नेपालीहरुकाे रहेको उक्त कार्यक्रममा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै सभाध्याक्ष महेश प्रसाद न्यौपानेले कार्यक्रमको समाप्ति गर्नुभएको थियो ।